लामकानेको रातो ज्याकेट

हिउ परेर सबै सेताम्मे भएका थिए । अच्चकाली जाडो थियो बाहिर । म भर्खर यता आएकाले पहिलोपटक हिउ देखेर रमाउदै थिए । रातो ज्याकेट लगाएको लामकाने कुकुर र कालो कोट लगाएकी एउटी बुढी बाटामा हिडिरहेका थिए । कुकुरको ज्याकेटले चारै खुट्टाका घुडासम्म छोपेको थियो । अगाडि टाउको र पछाडि पुच्छर छोपेको थिएन । साह्रै सुहाएको थियो कुकुरलाई रातो ज्याकेट । बुढीको बाक्लो कोट घुडासम्म लामो थियो ।
हेर्दाहेर्दै ती बुढी कुकुरसगै हामी बसेको घरभित्र छिरिन् । ढोकाछेउमा गएर कान थापेर सुने । बिस्तारै भर्‍याङ उक्लदै माथितिर गएको आवाज आयो । हामीभन्दा ठीकमाथिको कोठाको चाबी खोलेर छिरेको अनुमान गरे ।
भोलिपल्ट पनि त्यही रातो ज्याकेट लगाएको कुकुर र बूढी देखे बाहिर । पर्सिपल्ट पनि उनीहरू घुम्दै थिए बाटामा । बुबालाई यो सबै सुनाए ।
‘ए † ती त माथि बस्ने बूढी हुन् । ती साह्रै असल छिन् । तिनका कोही छैनन् । तिम्रो साथी बनाइदिन्छु’ –बुबाले भन्नुभयो ।
बुबा कामबाट फर्केर आएपछि साझ उनको ढोकामा ढक्ढक् गर्नुभयो । मैले देखेका उही बूढी र लामकाने कुकुर बाहिर निस्के । बुबाले चिनाजानी गराइदिनुभयो । बुढीले मलाई  सुम्सुम्याउदै गालामा म्वाइ खाइन् ।  लामकाने कुकुर लुटुपुटु गर्दै मेरो खुट्टावरिपरि घुम्न थाल्यो । मैले बिस्तारै त्यसको टाउको सुम्सुम्याए । त्यसपछि त त्यसले मलाई छाड्दै छाडेन । मसग खेल्न थाल्यो ।
खेल्दाखेल्दै लामकानेले मलाई उसको कोठामा पुर्‍यायो । एउटा सानो कोठाको कुनामा उसको सानो ओछ्यान थियो । कोठा एकदम सफा थियो । केही खेलौना, जाडोका लुगा, उसलाई डोर्‍याउने साङ्ली पनि थिए । सबै सामान चटक्क मिलाएर राखेको ।  मेरो कोठाभन्दा पनि सफा थियो उसको कोठा । कति ज्ञानी कुकुर रहेछ कुनै सामान असरल्ल नपारेको । मैले मनमनै भने– ‘अब म पनि मेरो कोठाका सबै सामान आफै मिलाएर राख्छु । जहाबाट सामान निकालेको हो काम सकिएपछि त्यही राख्छु । यो सबै गर्न ममीलाई भन्दिन ।’ हत्तेरिका म त कुकुरजत्तिको पनि रहेनछु भनेर लाज लाग्यो ।
एकछिनपछि बूढीले मलाई बोलाइन् । भित्र लगेर सबै कोठा देखाइन् । सफा कोठा थियो । उस्तै सफा ट्वाइलेट–बाथरुम थियो । सफा † कति सफा–सफा †
बुढीले मलाई पार्कमा घुमाउन जाऊ भनिन् । मैले बुबालाई सोधे । उहाले हुन्छ भन्नुभयो । हामीलाई तल भुइमा छाडेर बुबा माथि कोठामा फर्किनुभयो ।
बाटामा बुढीले कुकुर डोर्‍याउने हो भनेर्र  सोधिन् । हुन्छ भनेपछि कुकुरको साङ्ली मलाई दिइन् । मैले समाएपछि कुकुर खुसी भयो । पुच्छर हल्लायो । मेरो खुट्टामा लुटुपुटु गर्न थाल्यो ।
बुढीले हातमा एउटा प्लास्टिकको सानो झोला पनि बोकेकी थिइन् । किन झोला बोकेको होला भन्ने लागिरहेको थियो । बाटामा उनले कुकुरको खुब प्रशंसा गरिन् । कहिल्यै दुःख नदिने खुब ज्ञानी र आज्ञाकारी छ भनिन् ।
पार्कअगाडि पुगेका मात्र के थियौ । छिः छिः कुकुरले दिसा गरिहाल्यो बाटैमा † बुढीले हत्त न पत्त त्यो दिसा उनले बोकेको प्लास्टिकको झोलामा हालिन् । म त छक्क परे ।
‘किन कुकुरको दिसा झोलामा राख्नुभएको ?’ मैले सोधे । ‘कुकुरलाई सार्वजनिक ठाउमा फोहर गराए नेपाली पाच हजार रुपिया जरिवाना तिर्नुपर्छ । त्यही भएर यो पार्कमा यति धेरै कुकुर आउदा पनि फोहर छैन ।’ उनले सुनाइन् ।
‘तिम्रो काठमाडौं म धेरै वर्ष पहिला गएको थिए । जताततै फोहरको डङ्गुर थियो । यता त त्यस्तो हुदैन । कसैले फोहर गरे जरिवाना तिर्नुपर्छ’ –उनले भनिन् । मेरो देशलाई फोहर भनेकामा मलाई खुब रिस उठ्यो । फेरि एकछिन सोचे– ‘हो त नि फोहर थुप्रै छ त्यता ।’ त्यो सम्झेर लाज लाग्यो । कुकुरले फोहर गर्दा कुकुरको मालिकले पाच हजार जरिवाना तिर्नुपर्छ । झन् मान्छेले फोहर गरे कति हजार तिर्नुपर्ला ? मनमनै हिसाब गर्दै घर फर्किए ।

प्रतिक्रिया