चेन्नाईको रोमाञ्चक जित

चेन्नाई, ९ वैशाख । इन्डियन पि्रमियर लिगको शनिबार भएको रोमाञ्चक खेलमा चेन्नाई सुपर किङ्सले राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्‍यो । १ सय ४७ रनको लक्ष्य पाएको चेन्नाईले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।
चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा आठ रन तथा अन्तिम बलमा दुई रन आवश्यक थियो । महेन्द्रसिंह धोनीले स्टुवार्ट बिन्नीको बलमा दुई रन प्रहार गरे । धोनीको प्रहारलाई केभन कुपरले बाउन्ड्रीमा बचाए पनि धोनी र ड्वायन ब्राभोले तेज गतिमा कुद्दै दुई रन पूरा गरे । चेन्नाईको जितको आधार भने एफ डु प्लेसिसले तयार गरेका थिए । ओपनर प्लेसिसले कुपरको बलमा आउट हुनुअघि ५२ बलमा ७३ रन प्रहार गरे । उनले ६ चौका र दुई छक्का प्रहार गरे । त्यसै ओभरमा कुपरले सुरेश रैनालाई पनि २६ रनमा आउट गरे । महँगा साबित बिनीले दुई ओभरमा २० रन खर्चिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले चार विकेटको क्षतिमा १ सय ४६ रन प्रहार गर्‍यो । राजस्थानका ओवासिस साहले ५२ तथा अशोक मेनरियाले ३६ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे पनि यसका लागि १०.५ ओभर क्रिजमा बिताएका थिए । प्लेसिस खेलका म्यान अफ द म्याच घोषित भए ।  रोयल्सको इनिङमा बलर नुवान कुलसेखराले निकै कसिलो बलिङ गर्दै आफ्ना अन्तिम दुई ओभरमा केवल आठ रन दिएका थिए । कुलसेखराले खासगरी ‘फुल’ र ‘वाइड’ बल गरी ब्याट्सम्यानलाई प्रहार गर्ने मौका दिएका थिएनन् । रोयल्सका लागि खासगरी स्पीनरहरूले निकै राम्रो प्रदर्शन गरेका थिए । आर आश्विनले आफ्ना प्रथम दुई ओभरमा केवल आठ रन दिएका थिए ।
राजस्थान रोयल्सले यसअघि खेलेको म्याचमा कसैले नचिनेका दिशान्त याग्निकले विश्वकै श्रेष्ठ ‘फिनिसर’ बलर डेल स्टेनका विरुद्ध शान्दार प्रदर्शन गर्दै आफ्नो उपस्थितिको उपयोगिता प्रमाणित गरेका थिए ।
एक दिनअघि भएको खेलमा क्रिस गेलको सानदर ब्याटिङको सहयोगले रोयल च्यालेन्जर बंगलोरले पन्जाब सुपर किङसमाथि पाँच विकेटको जित हात पार्‍यो । १ सय ६४ रनको लक्ष्य पाएको बंगलोरलाई जित दिलाउने क्रममा गायलले ८७ तथा एबी डी भिलियर्सले ५२ रनको योगदान गरे । बंगलोरले तीन बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १ सय ६६ रन जोडयो । परमिन्दर अवानाको बलमा डेविड हसीले सानदार क्याच लिंदै आउट गर्नुअघि ओपनर गेलले ५६ बलको सामना गर्दै आठ चौका र चार छक्का प्रहार गरे । यसैगरी भिलियर्सले ३९ बलमा ५४ रनको योगदान गरे । परमिन्दरले चार ओभरमा ३४ रन खचिर्ंदै चार विकेट लिए । पियूष चावलाले चार ओभरमा २१ रन खचिर्ंदै भिलियर्सको महत्त्वपूर्ण विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतिमा १ सय ६३ रन जोडयो । पन्जाबका लागि डेविड हसीले ३४ बलमा ३१ रन जोडे भने पाकिस्तानी अलराउन्डर अजहर मेहमुदले १४ बलमा ३३ रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

प्रतिक्रिया