चेल्सी र आर्सनल बराबरीमा

लन्डन, ९ वैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा केही दिनअघि बार्सिलोनालाई पराजित गरेको चेल्सीलाई आगामी संस्करणका लागि छनोट हुने अभियानमा गम्भीर धक्का लागेको छ ।
घरेलु लिग इङलिस पि्रमियरमा शनिबार आर्सनलविरुद्ध गोलरहित बराबरी खेलेपछि चेल्सीले छनोटहोडलाई सहज बनाउने अवसर गुमायो । यसै प्रतियोगिताका लागि छनोटहोडमा रहेको आर्सनललाई पनि चेल्सीविरुद्धको नतिजाले दबाबमा राखेको छ ।
घरेलु मैदान एमिरेट्समा कमै गोलरहित नतिजा निकाल्ने आर्सनल चेल्सीविरुद्धको भिडन्तमा अंक बाँड्दा त्यत्तिकै दुर्भाग्यशाली रहयो । दोस्रो हाफमा चोटका कारण थिओ वाल्कोटलाई गुमाएको आर्सनलका लाउरेन्ट कोसिएन्लीको प्रहार बारमा लागेर फर्कियो भने केही सुन्दर अवसरमा रविन भान पर्सिए चुके । ‘हेमस्टि्रङको समस्याका कारण बाहिरिएका बाल्कोट इङल्यान्डको राष्ट्रिय टोलीका लागि पनि चिन्ताको विषय बनेको छ ।
आर्सनलविरुद्धको नतिजापछि ३४ खेल खेलेको चेल्सी ५८ अंकका साथ लिगको छैटांै स्थानमा छ । ३५ खेलबाट ६५ अंक जोडेको आर्सनल तेस्रोमा छ । लिगकेा शीर्ष चार स्थानमा रहने टोली च्याम्पियन्स लिगका लागि छनोट हुने व्यवस्था छ तर आर्सनलको भन्दा दुई खेल कम खेलेका टोटेनहम र न्युक्यासलको ५९ अंक छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ८२ र दोस्रो म्यानचेस्टर सिटीको ७७ अंक छ । दुव्ौ टोलीले समान ३४ खेल खेलेका छन् ।
यसै साता बार्सिलोनाविरुद्धको दोस्रो लेगका लागि पहिलो रोजाइका आठ खेलाडीलाई विश्राम दिएर चेल्सी आर्सनलको मैदानमा उत्रिएको थियो । पहिलो हाफमै चेल्सीले एउटा सुन्दर मौका गुमायो । सलामन कलाउले विपक्षी डिबक्समा बेकरी साग्ना जुध्न आएपछि आफू बच्दै अवसर छाडिदिए ।
यता आर्सनलका खेलाडी पनि लगातारको असफलतापछि निराश देखिए । बाल्कोटले पिकिकमार्फत गरेको सुन्दर प्रहारमा अनमार्कड पर्सिएले बललाई पोस्टको पमभित्र छिराउन सकेनन् । त्यस्तै पर्सिएको पि|mकिकमा कोसिएन्लीले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । पहिलो हाफको अन्त्यतिर पर्सिएले विपक्षी गोलकिपर अगाडि बढेको मौका सदुपयोग गर्न सकेनन् । यस खेलमा चेल्सीको फर्वार्ड फर्नान्डो टोरेस र आर्सनलका फर्वार्ड पर्सिएको प्रदर्शन समग्रमा बिर्सनलायक रहयो ।

प्रतिक्रिया