बाबु निर्देशक, छोरी नायिका

काठामाडौः निर्देशक शिव रेग्मीकी छोरी भावना पनि अब नायिका हुने भएकी छन् । सो सिम्पल नामक चलचित्रबाट उनले नायिकाका रुपमा डेब्यु गर्न लागेकी हुन् ।  रेग्मीकै निर्देशन रहने चलत्रिको गत शुक्रबार ललितपुरको महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरियो । निर्देशक उज्ज्वल घिमिरेले मुहूर्त सटको निर्देशन गरेका थिए ।
छोरीलाई अभिनय गर्न सहज हुने र आफूले पनि राम्ररी सिकाउन पाइने भएकाले आफ्नै चलचित्रमार्फत प्रवेश गराउन लागेको रेग्मीले बताए । छोरीलाई नायिका बनाए पनि आफूले विगतकै जस्तो उत्कृष्ट चलचित्र बनाउने दाबी उनले गरे । कोटकी कालिकादेवी फिल्म्स प्रालिको छैटौं प्रस्तुति रहेको चलचित्र केशव भट्टराईले निर्माण गर्न लागेका हुन् । चलचित्रमा भावनासहित प्रमोद भारद्वाज पनि नयाँ प्रस्तुतिका रुपमा रहनेछन् भने रश्मि भट्ट, निर्मल शर्मा, विल्सनविक्रम राई, विद्या काफ्ले, राहुल प्रजापति, फणीन्द्र खतिवडा र सुरज गुरागाईंको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया