संस्कृति बिर्संदै डगौरा थारू…

मानिस कुन समुदाय वा भूगोलको हो ? यसको पहिचान उसको भाषा, संस्कृति र पहिरनले दिन्छ । मानिस आफू र आफ्नो जाति, समुदाय र राष्ट्रियताको परिचय दिलाउने भेषभुषा, भाषा र संस्कृतिलाई उत्तिकै सम्मान गर्छ र गर्व पनि ।
आफ्नो जातीय भाषा, संस्कृति र पहिरन ‘अपहेलना’का कारण बनेको सुन्दा अपत्यार लाग्न सक्छ । ‘सम्मानित जीवन’का लागि कुनै समुदायले आफ्नो भाषा, संस्कृति परित्याग गर्दै गरेको खबर त झन् अनौठो पनि । मुलुकमा शान्ति, संविधान र समानताको यात्रा आधा दशकदेखि जारी छ । हरेक जाति, धर्म, वर्ग, लिंग, समुदाय, क्षेत्र, संस्कृतिले आङ्खनो अधिकार रक्षाको वकालत गरिरहेका छन् । विडम्बना पश्चिम नेपालको चौधरी (डगौरा थारू) समुदायको नया पुस्ता आङ्खनो संस्कृति परित्याग गर्दै गएको छ । कर्म र आत्मबलमा विश्वास गर्ने थारू समुदायको वर्तमान पुस्ता ‘नहेपिन’का लागि  आफ्नो  मौलिक पहिरन र भाषा नै परित्याग गर्न थालेको छ । ‘देशको संरचनाले सबैको भेषभुषा र भाषामा सम्मानको वातावरण बनाएन । असमान व्यवहारबाट जोगिन युवा आङ्खनौ परम्परागत भाषा र पहिरन त्याग्दै हिडेका छन्,’ थारू संस्कृतिका जानकार लाहुराम चौधरीले बताए । कल्याणकारिणी सभाका उपाध्यक्षसमेत रहेका चौधरीले भने, ‘थारू जाति हरेक क्षेत्रमा पछाडि पारिएको छ । उनीहरूले आफ्नो मौलिक पहिरन लगाउदा असभ्य जातिको व्यवहार सहिरहनु पर्ने भयो,’ उनले थपे, ‘अहिलेको पुस्ता अन्य (पहाडी) समुदायजस्तै देखिन आफ्नो पहिरन त्याग्दै हिड्यो ।’
पश्चिम नेपालको बाके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा थारूहरूको बाक्लो बस्ती छ । मानव सभ्यताको विकास हुदैजादा थारूजाति राजसी वंशका मान्छे मानिन्छन् । आफूहरू परापूर्वकालदेखि नै रोमान्टिक स्वभावको जाति भएको सभाका अध्यक्ष प्रभात चौधरीको भनाइ छ । वास्तुकला, बुनाई, सिलाई, पहिरन र गरगहनामा थारू जाति अलि बढी सोखिन मानिने दाबी अध्यक्ष प्रभातको छ । थारू संस्कृतिका जानकार लाहुरामको भनाइलाई कञ्चनपुर, भीमबस्तीकी निलम चौधरीको व्यवहारले पुष्टि गरेको छ । उनी स्कुले जीवनदेखि नै अन्य समुदायले लगाउने पहिरनमा देखिन थालिन् । निलमले भनिन्, ‘घरमा आफ्नो जातिको पहिरन र गहना लगाए पनि बाहिर निस्कदा कहिल्यै लगाएन ।’ उनले भोग्नुपरेको अप्ठ्यारो सुनाउदै भनिन्, ‘पहाडी समुदायका साथीहरू थरुनी भनेर जिस्क्याउने गर्थे, त्यसैले बुझ्ने भएपछि जातीय पहिरन नै त्यगिदिए ।’
अहिले थारू समुदायमा गाउघरमा बस्ने अघिल्लो पुस्ताले मात्रै आङ्खनो पहिरन, भाषा र गरगहनालाई अगालेको देखिन्छ । नया पुस्ताले ती सबै संस्कृति त्याग्दै गएको जानकार लाहुरामले बताए । थारूहरूको थर चौधरी रहनाको पनि अर्थ भएको उनले बताए । राणाहरूले अन्नको चौथाई (एक किसिमको मालपोत) उठाउने जिम्मा दिएको मान्छेलाई चौधरी भनिन थालेको थारू संस्कृतिका जानकार लाहुरामले बताए । त्यसो त पूर्वीतराईका थारूहरूको संस्कृतिमा पनि खासै फरक नभएको दाबी लाहुरामको छ तर नेपालमा रहेका थारू समुदायको उत्पत्तिको इतिहास तीन खालको भएको उनले जानकारी दिए । एकथरी थारू द्वापरयुगमा दाङबाट उत्पत्ति भएको इतिहास पाइने बताउदै लाहुरामले भने दाङका थारूलाई अहिले पनि ‘दङौरा’ भनिन्छ । अर्कोथरी भारतको चित्तोराङ भारतबाट आएको थारू छ भने तेस्रोथरी थारूहरू कपिलवस्तुको लुम्बिनीका राजा विद्धदेवले शाक्य राज्यमा हमला गर्दा ज्यान जोगाउन भागेर पश्चिम नेपालमा पुगेको थारू जाति छ । उनीहरू सबैको संस्कृति प्रायः एउटै खालको भएको लाहुरामले बताए । थारू समुदायमा कुनै विवाह हुदा ढकिया, लेहङ्गा, खेलौना, मिया र नाङ्लो आङ्खनै हातले बनाउन सक्ने युवतीलाई सक्षम मानिन्थ्यो । अहिले यो परम्परा पनि पछाडि परिसकेको लाहुरामको अध्ययन छ । त्यसो त डगौरा थारू र राना थारूको संस्कृतिका विषयमा किताब नै प्रकाशन गरेका यज्ञराज यात्री पनि थारू समुदायमा धेरै संस्कृति छुट्दै गएको पुष्टि गर्छन् । थारू समुदायका युवतीले शरीरको माथिल्लो भागमा चोलिया लगाउछन् । महिलाले लगाउनेलाई अंगीया भनिन्छ । कहिलेकाही ब्लाउज पनि लगाउछन् । तल्लो भागमा लगाउने पहिरनलाई लेहंगा र गोनिया भनिन्छ । थारू महिलाले ओढ्ने धुम्टीलाई उन्यू (घुरघुट) भनिन्छ । कानमा लगाउने गहनालाई उनीहरू झुम्का, पीपरपत्ता, तर्की, कानवाली भन्छन् । नाकमा फूली, नथिया, बुलाकी लगाउछन् । आखामा गाजल । घाटीमा लगाउने गहना कण्ठ सेहरी र टौंक हो । लाहुरामले भने, ‘पाखुरामा लगाउनेलाई जोसम, विजाइठ भनिन्छ । नाडीमा बाका, लाखको चुरी(कलाई), कंगना, बाला, औंठी लगाउछन् । खुट्टामा थारू महिलाले घुंघरु, कारा, पैचुरी, चुरुवा र विछिया लगाउने चलन थियो ।’ अहिलेको नया पुस्ता यो पहिरन र गरगहनामा देखिदैन ।
‘अन्य समुदायकाले ‘थारू’ भनेर नेहेपुन् भनेर महिलाले मात्र होइन पुरुषहरूले पनि आफ्नो मौलिक संस्कृति त्याग्दै गएको जानकार लाहुरामको अध्ययन छ । उनले थारू ‘कल्चर’का बारेमा धेरै खोज गरेका छन् । लेख लेखेका छन् । धेरै सभासम्मेलनमा भाग लिएका छन् । थारू समुदायको जातीय पहिचानको मुद्दालाई धेरै राजनीतिज्ञले नफलाकेका भने होइनन् । तर, उनीहरूको पहिचान नै हराउन लाग्दा पनि कसैले ध्यान नदिएकोप्रति पुरानो पुस्ताका थारू भागीराम चौधरी दुःखी छन् ।
अहिले पुरुषले पनि माथि लगाउने सलुखा, सदरी, कमिज, भोटो शरीरको तल्लो भागमा लगाउने धोती, अगुच्छा त्यागीसकेका छन् । विवाहमा कोट, पाइन्ट र सुटबुटको चलन अगालीसके । अघिल्लो पुस्तासम्म थारू दुलाहाले नैनसुटको पगरी, चौबन्दी, जामा, कवच, धोती, चमडाको जुत्ता र दुलहीलाई दिने सम्पूर्ण गरगहना लगाएर जानुपथ्र्यो । लाहुरामले भने, ‘अब त्यो कहा देख्न पाइन्छ र ? कही कतै रैथाने परिवारमा बाहेक ।’ पछिल्ला केही अभियानले भने थारू संस्कृतिप्रेमी लाहुरामहरूलाई आशावादी बनाइदिएको छ । गाउगाउमा सञ्चालित ‘होमस्टे’, पर्यटकीय गतिविधि र मेला–महोत्सवमा थारू युवा आङ्खनो मौलिक संस्कृति देखाउन उत्सुक देखिन थालेका छन् ।

प्रतिक्रिया