त्याग र तपस्याको त्यो आन्दोलन

पालको पहिलो विद्यार्थी आन्दोलन थियो जयतु संस्कृतम् । त्यो पनि राणाहरूद्वारा नै पालित–पोषितसरह रहेका ब्राह्मणका छोराहरूले गरेको आन्दोलन । पण्डित्याइ र पुरेत्याइमै सक्रिय ब्राह्मणका छोराहरू त्यतिखेर पनि टाठाबाठा थिए । र, बनारससम्म पुगेर संस्कृतमा आचार्य उत्तीर्ण हुन्थे । नेपालम राणाहरूको हातमा शासन चलिरहदा उनीहरूले शिक्षाका नाममा खोलेका दुई पाठशाला थिए । एउटा त्रिचन्द्र र अर्को संस्कृत पाठशाला । हेर्दा जनताका छोराछोरी पढून् र शिक्षित बनून् भन्ने देखाउथे राणाहरू तर यसको भित्री कुरा अर्कै थियो र त सुरु भयो यिनै राणाकै संरक्षणमा रहेका ब्राह्मणका छोराहरूको जयतु संस्कृतम् आन्दोलन ।
आन्दोलनकै एक सदस्य कमलराज रेग्मीले यसपटक आङ्खना संस्मरणमा जयतु संस्कृतम् आन्दोलनका केही पाटाहरू खुलाए । ‘पद्म शमशेरको मुखमा शनिश्चर बसेछ क्या रे । वार्तामा बोलाएर संस्कृत भाषालाई त हामीले मात्र जोगाएर राखेको हो, नत्र सबै मृत भाषा पो भने,’ धोबीघाटस्थित निवासमा जीवनका उत्तराद्र्ध कटाइरहेका रेग्मीका स्मृतिमा जयतु संस्कृतम् आन्दोलन छचल्किरहन्छ, ‘नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलन थियो त्यो ।’
अन्तर्यमा राणाशासनकै विरोध थियो त्यो आन्दोलन । तर संस्कृत पाठशालामा सुविधाको माग राखेर आन्दोलन थालका थिए विद्यार्थीहरूले । त्रिचन्द कलेजमा पढाउनेलाई तीन सय रुपिया मासिक तलब थियो, संस्कृत पढाउने आचार्यहरू (जो एमएसरह थिए) लाई मासिक ६० रुपिया । १ असार ००४ मा सुरु भएको थियो आन्दोलन । उतिबेला संसार परिवर्तन गराउने उनै विद्यार्थी र नौजवान युवा थिए । रेग्मी सम्झन्छन्, ‘उसबेला सेनाका ब्यारेक थिएनन्, प्रहरीका पोसाकका नाममा एउटा रातो फेटा गुथेका हुन्थे माथमा ।’
सर्वसाधारणले शिक्षा पाऊन् भनेर राणाहरूले संस्कृत पाठशाला खोलेका थिएनन् । पाठशालामा करिब दुई सय ब्राह्मण थिए, तीमध्ये अधिकांश कुनै न कुनै राणाका भागका थिए, एकाध राजाका पनि थिए, सबैले आङ्खनो पाप कटाउन संस्कृत पढाउन देशका विभिन्न भागबाट खोजेर ल्याएका थिए । ‘पाठशालासगै हामीलाई बस्ने ठाउ दिइएको थियो,’ उनले भने, ‘दालभात त्यही पाक्थ्यो, सबै त्यही खान्थ्यौ र त्यसलाई भन्थ्यौ– पाकशाला ।’
संसार दोस्रो महायुद्धको चपेटामा लपेटिएको थियो । यता विद्यार्थीको मस्तिष्कमा पनि आन्दोलनको ज्वारभाटा चलेको थियो । पढेलेखेका नवजवानहरू विश्वक्रान्तिसगै सचेत र संगठित बन्दै गएका थिए । लगत्तै नेपाली कांग्रेसको आन्दोलन चल्दै थियो र संगठनहरू बन्दै थिए ।
‘हामी ब्राह्मण दानदक्षिणामा बस्न चाहन्नथ्यौं,’ रेग्मीले सुनाए, ‘हामीले पाठशालामा संस्कृतबाहेक अरू भाषा पनि पढाओ भनेर एकमहिने अल्टिमेटम दिएर आन्दोलनको घोषणा गर्‍यौ ।’ त्यतिखेर संस्कृत पाठशालाका डाइरेक्टर थिए हेमराज बडागुरुज्यू । उनी राणा सरकारका सल्लाहकार थिए । त्रिचन्द्रमा जस्तै इतिहास, गणित, समाजशास्त्र, भूगोल, राजनीतिशास्त्र पढ्न पाउ भनेर आन्दोलित भएपछि वडागुरुज्यू निकै रिसाएका थिए । संस्कृत पाठशालामा जन्मिदै गरेको जयतु संस्कृतम आन्दोलन पूर्णप्रसाद ब्राह्मणकै प्रेरणा र नामकरण थियो भने श्रीभद्र खनाल, काशीनाथ गौतम, कमलराज रेग्मी, राजेश्वर देवकोटा अगुवा थिए । एकमहिने अल्टिमेटमपछि पनि पाठशालामा सुधार भएन । मध्यमा उत्तीर्णका लागि वनारसै जानुपथ्र्यो, त्रिचन्द्रमा जस्तो सुविधा र पढाइको पनि तयारी भएन । अन्ततः परिवर्तनकामी ब्राह्मण युवाहरूले आन्दोलन सुरु गरे । रेग्मी भन्छन्, ‘पाकशाला र पाठशाला बहिष्कार गर्‍यौ, हडतालमा बस्यौ । पाठशालाका दुई सय विद्यार्थीबाहेक अरूले पनि साथ दिए । झन्डै पाच सय जति पो थियौ त ।’
डाइरेक्टर हेमराज वडागुरुज्यूका विरुद्ध भएको आन्दोलनपछि विद्यार्थीहरू बाहिर गए । त्रिपुरेश्वरमा नदीकिनारामा रहेको पाटीमा आन्दोलनकै रूपमा सप्ताह लगाए विद्यार्थीहरूले । रेग्मीले अतीत कोट्याए, ‘अहिले पो त्यो फोहोर फाल्ने र गन्हाउने ठाउ भयो । त्यतिखेर त त्यही पानीले नुहाउथ्यौ, खान्थ्यौ ।’ आन्दोलनले सप्ताहको रूप लिएपछि जनउभार पनि देखियो । रेग्मीलाई ताजै सम्झना छ, ‘थुपै ठाउबाट सहयोग जुट्न थाल्यो । बिनानाम चिउरा, जलेबी, दाल, चामलको ओइरो लाग्यो ।’ कपडाका पल्ला समातेर ‘जयतु संस्कृतम् भिक्षां देही’ भन्दै बजार परिक्रमा गरेपछि भर्खरै प्रचलनमा आएका नेपाली नोट पनि सहयोगमा पाइयो । मारवाडीहरू, व्यापारीहरू आन्दोलनका सहयोगी देखिए ।
‘१० दिनपछि पद्मशमशेरले मोहन शमशेरलाई     बोलाउन लगाएछन्,’ रेग्मीले भने, ‘संस्कृत भाषालाई मृत भनेर शनिश्चर बसेको बेला बोलेपछि झन आक्रामक भयौ,’ उनले भने, ‘मरेको भाषा भनेपछि तिनका बाउबाजेको श्राद्ध किन गर्नु भन्यौ ।’ मोहन शमशेरले विद्यार्थीका माग पूरा गर्ने बहानामा फुट ल्याएपछि पहिलो चरणको जयतु संस्कृतम् आन्दोलन लगभग सकिएको जस्तै भएको थियो । ‘मागहरू पूरा भएनन्,’ रेग्मीले सम्झिए, ‘म पनि छात्रावास छाडेर वनारस गए ।’ १० दिन चलेर जयतु संस्कृतम् आन्दोलन लगभग सकिएजस्तै भयो । विद्यार्थीहरूकै संगठन कमजोर बनाउने काम भयो र माग पूरा गर्ने बहानामा मुख्य मागहरू थाती नै रहे । यसपछि छिन्नभिन्न भएका विद्यार्थीहरू फेरि परीक्षाताका संगठित भए । ६ जनालाई भर्ना नलिने भनेर पाठशालाले निर्णय गरेपछि आन्दोलन उचालियो । राणाहरू त्रूmर रूपमा प्रस्तुत भए । दमनमै उत्रिए । आन्दोलनका पक्षमा छौ भन्ने ब्राह्मणहरूलाई डाडा कटाए । नुवाकोट, गोरखा, पोखरा, स्याङ्जा, पाल्पासम्म पठाए । रेग्मी सम्झन्छन्, ‘पश्चिम नेपालमा राणाविरोधी चेतना फैलनुमा यी डा“डा कटाइएका ब्राह्मणकै हात छ ।’ ००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनका कारण पूर्वमा चेतना फैलिएको थियो भने पश्चिममा जयतु संस्कृतम् आन्दोलनले चेतना फैलाएको हो ।
२३ जना विद्यार्थीले वनारसमा संगठन बनाएका थिए । उनीहरूले पहिलोपटक निकालेको पर्चा थियो– ‘अत्याचारी शासन पटमा, जयतु संस्कृतम् शास्त्रको एकचित्र ।’ जयतु संस्कृतम् आन्दोलनले एउटा उचाइ लिदै थियो । श्रीभद्र शर्मालगायत आठजना फुटेर कांग्रेसमा लागे । त्यतिखेर कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमण रेग्मीबीच झगडा चलिरहेको थियो । ‘हामी २० जना जतिचाहि विद्यार्थीको संगठन स्वतन्त्र हुनुपर्छ भनेर छुट्टै बस्यौ । हामीलाई कांग्रेसको झन्डा र पर्चा बोकेर गाउ जान मन लागेन, पार्टीहरूले एक्टिभ वर्कर खोजेका थिए भने हामीलाई पनि राजनीतिक चस्का भने लागेको थियो,’ उनले सुनाए, ‘कांग्रेसले नेविसंघ बनायो । ००६ तिर कम्युनिस्ट पार्टीले फ्रन्टहरू बनाए ।’
प्रस्तुतिः रामकुमार एलन

प्रतिक्रिया