वजन घटाउँदै कोल

गीतको अभ्यासमा लाग्नाको सट्टा बेलायती पप गायिका चेरिल कोल अहिले वजन घटाउन तल्लीन छिन् । शरीरको वजन बढेपछि चिन्तित बनेकी उनले संगीतलाई भन्दा अहिले शरीरको वजन घटाउने कामलाई प्राथमिकता दिएकी छिन् ।
पहिलेजस्तै छरितो ज्यान बनाउन उनी कसरत गर्न थालेकी छिन् । यसका लागि उनले ‘फिटनेस गुरु’ ट्रेसी एन्डरसनको सहयोग लिएकी छिन् ।
यो वर्षको अन्त्यसम्म आफ्नो तेस्रो एल्बम सार्वजनिक गर्ने तयारीमा छिन्, कोल । नयाँ एल्बममा ज्यादै सुन्दरी देखिने मोहले उनलाई कसरत गरी वजन घटाउन प्रेरित गरेको हो ।
कोलतर्फ संकेत गर्दै ‘फिटनेस गुरु’ एन्डरसनले भनिन्, ‘ऊ मजस्तै सानो कद भएकी केटी हो । उसको शारीरिक बनावट राम्रो छ तर वजन थोरै बढेको छ ।  उसले सजिलोसँग वजन घटाउन सक्छे ।’ यसका लागि कोलले सातामा ६० देखि ९० मिनेटसम्म व्यायाम गर्न थालेको जानकारी दिइन् ।

प्रतिक्रिया