रणबीर र दीपिका सँगै नदेखिने

दीपिका पादुकोण र रणवीर कपुरबीच ‘अफेयर’ र ‘ब्रेकअप’ को प्रसंग चलिरहन्छ  तर आफूहरूबीचको सम्बन्ध मित्रतामै सीमित रहेको दुवैले बताउने गरेका छन् । अहिले उनीहरू अयान मुखर्जीको फिल्ममा सँगै काम गरिरहेका छन् ।
उनीहरूबीच पुनः खटपट उत्पन्न भएपछि यसले फिल्ममै प्रभाव पारेको छ । दुवैले एकअर्कासँग सहज महसुस गर्न नसकेपछि केही ‘अन्तरंग सिन’ फिल्मको स्त्रिmप्टबाट हटाइएको छ ।
केही वर्षअघि प्रेममा बाँधिएका उनीहरूबीच क्याटि्रना कैफलाई लिएर विवाद उठेको थियो । क्याटि्रनासँग फिल्ममा काम गरेका रणवीरप्रति दीपिकाले अनेक आशंका गर्दै उनीहरूको चियोचर्चो गर्न थालेपछि रणवीरले दीपिकासँगको सम्बन्ध ‘बे्रक’ गरेका थिए । क्याटि्रनाजस्ती आफूभन्दा ‘सिनियर’ कलाकारसँगको सम्बन्धलाई शंकालु नजरले हेरेको भन्दै रणवीरले दुःखेसो गरेका थिए ।
त्यसयता उनीहरू मिल्ने र छुट्टनिे क्रम जारी रह्यो । उनीहरूबीचको सम्बन्ध केही सहज भएका बेला अयानले उनीहरूलाई सँगै काम गर्न सहमत गराएका थिए  तर उनीहरूबीच फेरि कटुता उत्पन्न भएपछि दर्शकले रणवीर-दीपिकाबीचको ‘अन्तरंग सिन’ हेर्न नपाउने भएका छन् ।

प्रतिक्रिया