दिलदार शाहरुख

सहकर्मीलाई खुसी पार्न बलिउड अभिनेता शाहरुख खान खप्पिस छन् । ‘गिफ्ट’ दिएर उनले सहकर्मीको मन जित्ने गरेका छन् । पछिल्लोपटक उनले अभिनेत्री क्याटि्रना कैफलाई ‘गिफ्ट’ दिएर मख्ख पारेका छन् ।
यशराज चोपरा फिल्म्स्को ब्यानरमा बन्न लागेको फिल्म छायांकनका लागि बेलायत पुगेका शाहरुखले क्याटि्रनालाई ‘गिफ्ट’ दिएका हुन् । लन्डनको असाध्यै जाडो मौसममा क्याटि्रनाले फिल्म सुट गरिरहेका बेला शाहरुखले ‘जाडो भएको छैन ?’ भनी क्याटि्रनालाई सोधेका थिए । लगत्तै उनले क्याटि्रनाका लागि ज्याकेट खरिद गर्न आफ्ना सहयोगीलाई पठाएका थिए ।
केही दिनअघि उनले क्याटि्रनालाई ब्याग दिएका थिए । क्याटि्रनालाई ब्याग चाहिएको थाहा पाएपछि उनले ‘राम्रोसँग काम गर्नू’ लेखिएको कार्डसहित उनलाई ब्याग उपहार दिएका थिए ।
गत वर्ष उनले अभिनेत्री पि्रयंका चोपडालाई गितार दिएका थिए । पि्रयंकाको जन्मदिनमा उनले गितार उपहार दिएका हुन् । सञ्जय दत्त, मलाइका अरोरा खान, फराह खान र अर्जुन रामपालले पनि शाहरुखबाट उपहार पाइसकेका छन् । फिल्म रा.वनमा अभिनय गरेबापत उनले सञ्जयलाई १५ लाख भारु पर्ने बाइक उपहार दिएका थिए । ‘ओम शान्ति ओम’ मा देखिएबापत उनले मलाइकालाई महँगो मोबाइल फोन दिएका थिए । ‘ओम शान्ति ओम’ सार्वजनिक भएलगत्तै उनले फराह खानलाई सुविधासम्पन्न कार दिएका थिए । रा.वन रिलिज भएपछि अर्जुन रामपालले पनि शाहरुखबाट कार उपहार पाएका थिए ।

प्रतिक्रिया