रमाइली रेखा

‘कस्तो चर्को घाम !’ हल्का नखरा पार्दै गाला छुन आइपुगेको कपाल पछाडि फर्काउँदै उनले भनिन् । फोटो सुटका लागि स्टुडियोको भर्‍याङ उक्लिँदै गर्दा एकादुई म्युजिक भिडियोमा देखिँदै आएका उनका आँखा र शारीरिक अवयव अझै मादक देखिँदै थिए । आधा शरीर देखिने वान पिस कपडामा भेटिएकी यी नयाँ मोडल हल्का लजाउँदै भन्दै थिइन्, ‘मलाई फोटो सुट गर्न लाज लाग्छ ।’ उनी अर्थात् रेखा लामा, काभ्रेको साँगाभन्ज्याङकी १८ वर्षे सुन्दरी । एक वर्षदेखि काठमान्डु खाल्डोमा मोडलिङजस्तो ग्ल्यामर पेसामा ‘भाग्य’ खोजिरहेकी कलिली रेखाको उचाइ ५ फिट ५ इन्च छ । किन मोडलिङमै लागिन् त उनी ? ‘सानैदेखिको रुचि मोडलिङमै थियो, टिभीका मोडलहरू देख्दा यस्तै बन्न पाए हुन्थ्यो भन्ने सोच्थेँ,’ रुमालले आँखाको गाजल पुछ्दै उनी मुस्कुराइन् । घरपरिवारको ‘उग्र’ प्रेरणाले मोडलिङमा लागेकी रे !
रेखाका पनि अरूका जस्तै सामान्य रुचि छन्- नयाँ-नयाँ साथी बनाउने, पत्रपत्रिका पढ्ने, गीत गाउने । दुईवटा म्युजिक भिडियोमा काम गरिसकेकी उनले ‘आफन्त’ टेलिफिल्ममा कलेज-विद्यार्थीको रोल पनि गरिसकेकी छन् । डुंगा चढाई घुमौँला पोखराको फेवा ताल… उनले अभिनय गरेको हिट म्युजिक भिडियो हो । ‘मोडलिङमा त शारीरिक शोषण हुन्छ रे नि ?’ ‘अहँ, मैले त्यस्तो अहिलेसम्म खेप्नुपरेको छैन,’ फेरि लजाइन् उनी । अहिलेसम्म ‘सेक्सको मीठो’ अनुभूति सँगालेको छैन भन्छिन् । तर, ‘सेक्स आपसी समझदारीमा हुने कुरा हो’ भन्नचाहिँ छुटाउँदिनन् । ‘बिहेअघिचाहिँ सेक्स गर्दिनँ,’ ‘सतीसावित्री’ अठोट पनि उनले सुनाइन् । ‘नाम र दाम’ कमाउने उच्चतम सपना बोकेर मोडलिङमा झुल्केकी उनीे यस क्षेत्रमा आफ्नो भविष्य सुरक्षित ठान्छिन् । ‘पाएँ भने फिल्ममा काम गर्छु,’ अन्तिमपटक क्लिक गर्दा उनले यति भन्न भ्याइन् ।

प्रतिक्रिया