ध्यान चलचित्रमा

कलाकारिता र व्यवसायलाई सँगसँगै बढाइरहेका छन्, रमेश इङ्नामले । हालै प्रदर्शनमा आएको चलचित्र अमर प्रीतिमा मुख्य नायकका रूपमा देखापरिसके र केही चर्चा पनि बटुले । तर, उनलाई यतिले पुगेको छैन, नेपाली चलचित्र उद्योगकै सफल नायक ठहरिनु छ । ०६४ सालबाट मोडलिङमा सक्रिय भएका रमेशलाई थुप्रै स्टेज सो तथा दर्जनौँ म्युजिक भिडियोमा अभिनयपछिको अनुभवले चलचित्रसम्म पुर्‍याएको हो ।
चलचित्रका द्वन्द्वदृश्यमा खरो उत्रिन जापानमा चार वर्ष क्युकोसिन करातेको प्रशिक्षण लिएको उनले सुनाए । भर्खरै चलचित्र रुद्राक्षमा पनि अभिनय गरेर भ्याइसके उनले । अभिनयमा निखार ल्याउन प्रशिक्षक वीरेन्द्र हमालसँग प्रशिक्षण पनि लिइरहेका रहेछन्  । फुर्सदका बेला साथीभाइसँग घुम्न मन पराउने उनी खेलका पनि पारखी हुन् । ट्राभलिङमा रमाउने अवसर पनि खेर जान दिँदैनन् । २४ वर्षे यी ‘नवनायक’ को लक्ष्य भने एउटै छ- सफल नायक बन्नु ।

 

प्रतिक्रिया