सल्यानका २४ गाविस औलो प्रभावित

दाङ, ८ वैशाख । गर्मी बढेसँगै सल्यान जिल्लाका २४ गाविस औलो रोगको उच्च जोखिममा रहेको खुलासा भएको छ ।

शारदा नदी किनारमा रहेका गाविसहरु औलो रोगको उच्च जोखिममा रहेकाले त्यहाँ महामारी फैलिन सक्ने चिकित्सकहरुले बताएका छन् ।

शारदा नदी किनारमा रहेका त्रिवेणी, खलङ्गा, स्यानीखाल, काभ्रा, कालिमाटी रामपुर, कालिमाटी काल्चे, काप्रेचौर, वामे, थारमारे, फलावाङ लगायतका गाविस उच्च जोखिममा रहेका बताइएको छ ।

ती गाविसमा औलो सार्ने लामखुट्टे प्रशस्त हुने भएकाले जोखिममा रहेको डाक्टरहरुको भनाई छ ।

यता जिल्ला जनस्वास्थ्य कार्यालयले भने जिल्लामा औलो फैलिन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको दावि गरेको छ ।

कार्यालयका प्रमुख विकास देवकोटाले जोखिममा रहेका गाविसमा माहामारीको रुपमा रोग फैलिन नदिन आफुहरुले आवश्यक तयारी पूरा गरेको बताएका छन् ।

औलो क्युलेक्स जातको पोथी लामुखुट्टेबाट सर्न भएकाले साँझको समयमा बाहिर नबस्न तथा सुत्ने समयमा झुलको प्रयोग गर्न जिल्ला जनस्वास्यले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया