नेपालगञ्ज घटना छानविन गर्न बोर्ड गठन


काठमाडौं, ८ वैशाख । नेपाली सेनाले महासेनानी राजु नेपाली र स्थानीयबीच भएको झडपका बिषयमा सत्यतथ्य पत्ता लगाउन कोर्ट अफ ईन्क्वायरी बोर्ड गठन गरेको छ ।

सहायक रथी राज राणाको अध्यक्षतामा गठन भएको तीन सदस्सीय बोर्डले सत्यतथ्य पत्ता लगाई जानकारी गराउनु पर्ने छ ।

बोर्डमा प्रमुख सेनानी विश्वराज थापा, प्राड सेनानी महेन्द्रजंग शाह सदस्य रहेको सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले जानकारी दिए ।

महासेनानी नेपाली तथा स्थानीयबीच नेपालगञ्जमा वैशाख ३ गते भएको झगडाका क्रममा केही घाईते भएका थिए ।

वैशाख–७ गतेबाट घटनाका सम्बन्धमा विस्तृत छानविन प्रक्रिया आरम्भ भइसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया