क्याम्पस अगाडि विद्यार्थी प्रदर्शन

काठमाडौं, ८ वैशाख । नेविसंघ र अनेरास्ववियु निकट विद्यार्थी नेता तथा कार्यकर्ताले आज राजधानीका बिभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

विद्यार्थी प्रदर्शनका कारण पशुपति, आरआर, त्रिचन्द्रलगायतका क्याम्पस अगाडिको केही समय सवारी आवागमन प्रभावित भएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताले एक आर्का बिरुद्ध नारावाजी गरेका थिए ।

पशुपति क्याम्पसमा बिहीबार दुई संगठनका कार्यकर्ता बीच भएको झडपमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ता घाईते भएका थिए ।

खुकुरी हानाहान भएको सो झडपको दोष उनीहरुले एक अर्कालाई लगाएका छन् ।

प्रतिक्रिया