थाई संसद्मा नग्न युवती !

बैंककः थाइ संसद्मा संविधान संशोधनसम्बन्धी विषयमा चर्को बहस भइरहेको थियो । त्यत्तिकैमा संसद् भवनभित्रको ठूलो स्क्रिनमा एउटी नग्न युवतीको कामोत्तेजक तस्बिर देखा परेपछि सबै अकमक्क परे । नग्न युवतीको फोटो बारम्बार स्क्रिनमा देखिन थालेपछि एक सांसदले यसप्रति आपत्ति जनाए । त्यसपछि स्क्रिन ‘अफ’ गरियो ।
बिबिसीमा बिहीबार प्रकाशित समाचारअनुसार एक सांसदले सदनलाई सम्बोधन गरिरहेका बेला अर्धनग्न युवतीको तस्बिर स्क्रिनमा देखा परेको थियो । अश्लील तस्बिर कसरी स्क्रिनमा देखियो भन्नेबारे अनुसन्धान जारी छ । सदनका सभामुख सोमसाक कियात्सुरनोतले संसद् भवन बाहिरका ह्याकरहरूका कारण यस्तो भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
एक सांसदले स्क्रिनमा देखिएकी युवतीको तस्बिर मोबाइलमा कैद गर्न भ्याएका थिए । तस्बिरमा पेन्टी नलगाएकी युवतीले दुवै हातले गुप्तांग छोपेकी छन् । थाइल्यान्डको पत्रिका ‘बैंकक पोस्ट’ले उक्त तस्बिर प्रकाशित गरेको छ । स्क्रिन ‘अफ’ गरेपछि संसद्को कारबाही पुनः सुरु भएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया