भारतसग बेइजिङलाई निसाना बनाउने क्षमता

नया“दिल्ली, ७ वैशाख । भारतले बिहीबार आफूसग भएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । परमाणु क्षमतासहितको अग्नि–५ नामक यो मिसाइलको मारक क्षमता पाच हजार किलोमिटर रहेको छ । मिसाइलको सफल परीक्षणपछि चिनिया सहर बेइजिङ र सांघाईसम्म निसान साध्न सक्ने क्षमता भारतले हासिल गरेको छ । यसअघि भारतसग यति लामो दूरीसम्म प्रहार गर्न सक्ने मिसाइल थिएन । मिसाइलको सफल परीक्षणपछि भारतले चीनविरुद्ध सशक्त सुरक्षाकवच हासिल गरेको विश्लेषकहरूको भनाइ छ ।
इरानको तेहरान, फिलिपिन्सको मनिला, इन्डोनेसियाको जाकर्ता, थाइल्यान्डको बैंकक आदिलाई पनि अग्नि–५ ले निसाना बनाउन सक्छ । प्रधानमन्त्री डा. मनमोहन सिंह र रक्षामन्त्री एके एन्टोनीले अग्नि–५ को सफल परीक्षणका लागि रक्षा अनुसन्धान एवं विकास संगठन (डिआरडिओ) लाई बधाई दिएका छन् ।
एक टेलिभिजनस“ग डिआरडिओका प्रमुख विजय सारस्वतले भने, ‘मिसाइल छ सय किलोमिटर उचाइसम्म पुग्यो, यसको रकेटका तीनवटै चरणले ठीक ढंगले काम गरे ।’ अग्नि–५ को थप दुई परीक्षण गरिने जानकारी पनि उनले दिए । सन् २०१४–१५ सम्म आवश्यक परीक्षण गरेपछि यसलाई भारतीय सेनाको जिम्मा लगाइनेछ ।
यसअघि चीन, रुस, अमेरिका, फ्रान्स र बेलायतसग मात्रै यति शक्तिशाली मिसाइल थियो । इजरायलसग पनि यस्तो मिसाइल भएको अनुमान गरिन्छ । अग्नि–५ को परीक्षणपछि परमाणु क्षमतायुक्त अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल हुने राष्ट्रहरूको ‘एलिट क्लब’ मा भारतले सहभागिता पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, बिबिसीका रक्ष्ाँ मामिलासम्बन्धी संवाददाताका अनुसार परमाणु अप्रसार सन्धिमा हस्ताक्षर नगरेसम्म भारतले ‘एलिट क्लब’ को सदस्यता पाउन सक्दैन । परमाणु अप्रसार सन्धि निष्पक्ष नभएको भन्दै भारतले यसमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएको छ ।
अग्नि–५ डिआरडिओले तयार पारेको हो । मिसाइल तयार पार्न करिब २५ सय करोड भारु खर्च लागेको छ । यसको कुल लम्बाइ १७ दशमलब पा“च मिटर र वजन ४९ टन छ । एक दशमलब पा“च टन हतियार बोक्ने क्षमता मिसाइलमा रहेको बताइएको छ । भारतसग अग्नि–१, अग्नि–२ र अग्नि–३ जस्ता मध्यदूरीका क्षेप्यास्त्र छन् । यिनीहरूको मारक क्षमता क्रमशः ७००–८००, २०००–२३०० र ३५०० किमीभन्दा बढी रहेको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया