ल्यापटपको विकल्प ट्याब्लेट

युवा लेखक निर्मल थापाले ल्यापटप थन्क्याएर चिटिक्कको ट्याब्लेट पिसी बोक्न थालेको एक महिना भयो । बोक्न सजिलो, ल्यापटपले गर्ने सबैजसो काम गर्न सक्ने र स्टाइलिससमेत भएकाले धेरै युवाको रोजाइमा पर्न थालेको छ– ट्याब्लेट । ‘डायरी र ल्यापटपको झन्झटबाट मुक्ति मिलेको छ’ –थापा भन्छन् । ट्याब्लेटले डेक्सटप कम्प्युटर र ल्यापटपको युग समाप्त गर्न लागेको थापालाई लाग्छ ।
सूचनाप्रविधिका क्षेत्रमा जन्मेको सम्भवतः सबैभन्दा कान्छो तर महत्वपूणर् उपकरण् हो– ट्याब्लेट पिसी । स्मार्ट फोन र आइफोनजस्ता उपकरण्लाई चुनौती दिदै यस्तै काम गर्ने विभिन्न ब्रान्डका आधुनिक ट्याब्लेट बजारमा आइसकेका छन् । नेपालको सहरी जनजीवनमा ट्याब्लेट पिसीको बढ्दो आकर्षण्ले सूचनाप्रविधिप्रति नेपालीको चासो र लगावको समेत संकेत गरेको छ । कामकाजी मान्छेका लागि बाटामा हि“डिरहेका बेला आङ्खनो अफिसियल काम गर्न तथा इनबक्समा भएका इमेल हेर्न र प्रत्युत्तर लेख्न यसबाट धेरै सजिलो भएको छ ।
घन्टौ“ लोडसेडिङ हुने मुलुकका प्रविधिप्रेमी थोरैबेर चार्ज गरेर धेरैबेर काम गर्ने र बिजुली पनि कम खपत हुने उपकरण खोजिरहेका थिए । त्यो आवश्यकता पूरा गरिदिएको छ, ट्याब्लेटले । हरेक काम कम्प्युटरले गर्नुपर्ने जमानामा साना, छरिता र आकर्षक ट्याब्लेटले डेक्सटप र ल्यापटपको स्थान लिने प्रयास गरिरहेका छन् ।
सन् २०१० अप्रिल ३ मा आइप्याड वान बजारमा ल्याएर एप्पल कम्पनीले सूचनाप्रविधि क्षेत्रमा नया तरंग फैलाएको थियो । बजारमा आएको ८० दिनमै विश्वभर ३० लाखवटा आइप्याड वान बिक्री भएका थिए । छोटो समयमै ट्याब्लेटले पनि नेपाली बजारमा कब्जा जमाउन थालिसकेको छ ।
एप्पललाई पछ्याउदै ग्यालेक्सी स्मार्टफोन सिरिज उत्पादन गरिरहेको कोरियाली कम्पनी सामसुङले पनि २०१० सेप्टेम्बरमा ग्यालेक्सी ट्याब सार्वजनिक गर्‍यो । एप्पल र सामसुङलाई पछ्याउदै अरू थुपै्र कम्पनीले ट्याब्लेट पिसी बजारमा ल्याए । फलस्वरूप यो आम मानिसको पहुचमा आयो । महगो एप्पल अफोर्ड गर्न नसक्नेका लागि विकल्प बने, सस्ता ट्याब्लेट ।
सूचनाप्रविधि क्षेत्रमा अध्ययन गर्ने कम्पनी गार्टनरले सन् २०११ मा पाच करोड ४८ लाखवटा ट्याब्लेट पिसी बिक्री भएको बताएको छ । सन् २०१४ सम्ममा यो संख्या २० करोड आठ लाखसम्म पुग्ने कम्पनीले अनुमान गरेको छ । नेपाली बजारमा भने एप्पलको आइप्याड, सामसुङको ग्यालेक्सी, ओलिभ प्याड, प्रोलिंकको टी एट, ग्लोबल ट्याब, जेडटिई लाइटसहित दर्जनौ ट्याब्लेट पिसी उपलब्ध छन् ।

प्रतिक्रिया