खोजखबर

कलेजमा र्‍यागिङ

सौर्य अनलाइन २०६९ वैशाख ८ गते ३:०५ मा प्रकाशित

सहरका कलेज सबै आ–आफ्नै खालका छन् । आ–आफ्नै नियम, आ–आफ्नै परिवेश । कुनै कलेजको परिवेश मन परेर किशोरहरू त्यहा भर्ना हुन्छन्, नया विद्यार्थी बनेर । यस क्रममा आङ्खनै कक्षाका अनि सिनियर कक्षाका विद्यार्थीसग घुलमिल नहुदासम्मको अवस्था छटपटिलो नै हुन्छ । यो घुलमिलका क्रममा हरेक विद्यार्थी एक किसिमको मानसिक संघर्षमा परिरहेका हुन्छन् ।
हरेक नया शैक्षिक सत्रले कलेजबाट नया ब्याच उतारिरहेको हुन्छ । सगसगै नया र पुराना ब्याचबीच ‘ग्याप’ बनिरहेको हुन्छ । सहरका प्रचलित कलेजमा एकै छानामुनि प्लस टुदेखि मास्टर्स डिग्रीसम्मको पढाइ चल्छ । अझ कति विद्यार्थीले त कक्षा ११ देखि पढाइ सुरु गरेर त्यही कलेजमा मास्टर्स सकाएर पनि हि“ड्छन् । एउटा विद्यार्थीले कम्तीमा पनि एउटा कलेजमा दुई वर्ष त बिताउनै पर्छ । त्यतिन्जेल कलेजमा पढ्न आएका जुनियर भाइबहिनीदेखि सिनियर दाजु–दिदीहरूसग संगत नगरी सुखै छैन । कतिपय अवस्थामा उनीहरूलाई ‘झेलिरहनुपर्ने’ पनि हुन सक्छ । भक्तपुरकी २१ वर्षीया लक्ष्मी राउतले चाहि कलेजमा सिनियरहरूबाट र्‍यागिङ खेप्नुपरेछ । ‘आम्मामा  सिनियर केटाहर्को मिसकलको ओइरै लाग्या’थ्यो नि’ –स्वप्नवाटिका एकेडेमी, शंखमूलमा बिए तेस्रो वर्षमा पढिरहेकी उनले सुनाइन् । २१ वर्षीया छात्रा ईशा रम्तेल पनि लक्ष्मीको कुरामा सहमत छिन् । सिनियरबाट हुने ‘हल्का’ खाले र्‍यागिङ भने मजै हुने ठम्याइ छ उनीहरूको । ‘हाम्रोमा अरू मेडिकल र इन्जिनियरिङ कलेजमा हुनेजस्तो र्‍यागिङचै हुदैन’, स्वप्नवाटिकामै कक्षा ११ मा पढ्दै गरेका विज्ञान मगरातीले सुनाए ।
एउटै कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी र ब्याचलरको अन्तिम वर्षमा पढ्ने विद्यार्थीबीच उमेरदेखि समयसम्मको ‘ग्याप’ हुन्छ । विद्यार्थीबीच भावनात्मक रूपमा त्यो ग्याप रहन नदिन कलेजको वातावरणले सहयोग गर्छ भन्छन् झापाका २१ वर्षीय नारायण पौडेल । गोरखाबाट एसएलसी दिएर राजधानीको स्वप्नवाटिकामा पढ्न पुगेका १६ वर्षीय शुभराज गुरुङचाहि सुरुमा कलेजमा घुलमिलै हुन सकेनछन् । ‘मलाई कलेज बुझ्नै र साथीभाइ बनाउनै १५ दिन लाग्यो’ –उनले सुनाए । एउटै कलेजमा पढ्दा पनि ‘क्लोज’ हुन सकिएन भने जम्न नसकिने तर्क छ यी विद्यार्थीको । मैतीदेवीकी २१ वर्षीया कञ्चन श्रेष्ठले भनिन्– ‘सिनियर र जुनियर विद्यार्थीबीच कलेजले बेलामौकामा अन्तरक्रियात्मक कार्यक्रम राख्न जरुरी छ ।’
नया“बानेश्वरकी २१ वर्षीया सुनीता गिरी आङ्खनो कलेजका शिक्षकदेखि विद्यार्थी सबैलाई फ्रेन्ड्ली ठान्छिन् । कलेजमा पारिवारिक व्यवहार भए मात्र पढ्न रुचि लाग्ने उनी बताउ“छिन् । जुन कलेज कडा हुन्छन्, तिनै कलेजमा नियम तोडिइरहेका देखिन्छन् । त्यस्ता कलेजमै ‘बंक’ गर्ने विद्यार्थी ज्यादा हुन्छन् । यस्तै सोच्छन् यी विद्यार्थी पनि । ‘हाम्लाई कलेज बंक गर्नु छैन’ –नारायणले झट्ट जवाफ दिए । लक्ष्मीले रमाइलो गरिन्– ‘अँ, साथीहरू जम्मा हुने रुट नै मिल्दैन, एक्लै के बंक गर्नु ? फेरि ब्वाइफ्रेन्ड पनि छैन ।’
कलेज सकिनै लाग्दाको वर्ष झनै मजा हुन्छ । यो अवस्थाका विद्यार्थी सिनियर ब्याचका रूपमा हाबी हुन पाउ“दा फुरुंग पर्छन् । प्लस टुलाई भन्दा ब्याचलरका सिनियरहरूलाई अलिकति स्वतन्त्रता नै हुन्छ । जुनियरहरूलाई कत्तिको ईष्र्या लाग्दो हो ? सबैका आ–आङ्खनै अनुभूति छन् । ‘खासै त्यस्तो लाग्दैन’ –शुभराजले उत्तर दिए । ‘हैन, पक्कै लाग्छ । हामीलाई पनि त पहिला सिनियरहरूको फ्रिडम देखेर ईष्र्या लाग्थ्यो नि’ –नारायणले भने । ‘प्लस टुमा धेरै फ्री गर्नु राम्रो पनि होइन, यत्तिको कडा ठीकै छ’ –विज्ञान बोले ।
सिनियर र जुनियरको ‘ग्याप’ भए पनि एकअर्काको भावना बुझ्ने र सहयोग गर्ने शैली पनि हुन्छ विद्यार्थीमा । ‘ग्याप’लाई कलेजको परिवेश र कार्यक्रमले पुर्न सक्ने धारणा छ उनीहरूको । ‘सिनियरका अनुभव र ज्ञान जुनियरले लिने वातावरण बने सबैलाई फाइदा हुन्छ’ –उनीहरूको एउटै आवाज ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय