चलचित्रका लागि मिडिया अभियान

काठमाडौं : चलचित्र पत्रकारिता र समीक्षालाई मर्यादित बनाउने उद्देश्यले ‘सिनेमा संस्कृतिका लागि मिडिया अभियान’ सञ्चालन हुने भएको छ । चलचित्र पत्रकारितामा कलम चलाइरहेका पत्रकार र समीक्षकहरूको हालैको भेलाले नेपाली चलचित्रको रूपान्तरणमार्फत यस क्षेत्रका विकृति तथा विसंगति हटाउने उद्देश्यले अभियानअन्तर्गत तेह्रबुँदे एजेन्डा पनि सार्वजनिक गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।  ती बुँदामा मौलिक, कलात्मक र रचनात्मक चलचित्रलाई प्रोत्साहन गर्ने, चलचित्रमा साक्षरता वृद्धि गर्ने, चलचित्रसँग सम्बन्धित र प्रस्तावित विषयबारे बहस चलाउने, चलचित्रकर्मी र चलचित्र पत्रकारलाई अन्तर्राष्ट्रिय चलचित्र कार्यक्रममा सहभागी गराउनेलगायत छन् ।

प्रतिक्रिया