फेला परेन अस्पतालबाट हराएको शिशु

नारायणगढ, ७ वैशाख । जन्मेको तीन दिनपछि भरतपुर अस्पतालबाट हराएको नवजात शिशु तीन महिनासम्म फेला नपरेपछि आमाबाबुले मानवअधिकारकर्मी गुहारेका छन् ।
भरतपुर नगरपालिका–४ की सरिता राईले २ माघमा अस्पतालमा जन्माएको छोरा तीन दिनपछि अस्पतालबाट हराएको थियो ।
‘शौचालय गएर फर्किंदा बेडमा छोरा थिएन,’ राईले भनिन्, ‘अस्पतालबाटै बच्चा गायब पारियो ।’ राईले आङ्खनो छोरा अपहरणमा परेको बताइन् । उनीहरूले बच्चाको अपहरणकारी पत्ता लगाउन प्रहरी गुहारेका थिए । ‘प्रहरीले घटनालाई गम्भीररूपमा लिएन,’ राईले भनिन्, ‘अनुसन्धान गरिदिए अभैm पनि शिशु भेटिने सम्भावना छ ।’ घटनामा संलग्न रहेको आशंकामा प्रहरीले गीता रोक्कालाई नियन्त्रणमा लिएको थियो तर पछि उनलाई छाडियो । खोटाङ डिकुवा–७, बाङ्खलाङ घर भएका उनीहरू भरतपुर–४ नारायणगढमा बस्दै आएका छन् ।

प्रतिक्रिया