खोजखबर

‘प्रत्यक्ष निर्वाचित जो पनि निरंकुश’

सौर्य अनलाइन २०६९ वैशाख ८ गते २:२६ मा प्रकाशित

काठमाडांै, ७ वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति जो भए पनि निरंकुश हुने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको कांग्रेस–एमाले बैठकमा सभापति कोइरालाले आपूmलाई वरिष्ठ नेता शेरबहादुर देउवाले ‘सभापति निरंकुश भयो भनिरहेको’ उल्लेख गर्दै जनताबाट प्रत्यक्ष चुनिएको व्यक्ति निरंकुश हुने दाबी गरेका हुन् । नया संविधानका विवादित विषयमा समान धारणा बनाउने प्रयासस्वरूप बसेको बैठकमा कोइरालाले निर्वाचित भएर आएको व्यक्ति केही न केही निरंकुश बन्ने दाबी गरे । कोइरालाले भने, ‘कांग्रेस, एमाले वा अन्य पार्टीबाट जो प्रत्यक्ष चुनिएर आउछ, ऊ निरंकुश बनिहाल्छ ।’
कोइरालाले मिश्रित प्रणाली पनि चल्न नसक्ने तर्क गर्दै राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकारका विषयमा ‘टसल’ हुने धारणा राखे । उनले संसद्बाट निर्वाचित प्रधानमन्त्री र निर्वाचन मण्डलबाट चुनिने संवैधानिक राष्ट्रपति हुनुपर्ने अडान राखेका थिए । बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले निरंकुशताको पुनरावृत्ति नहुने गरी र अस्थिरता पनि ननिम्तिने गरी राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार बा“डफाडको पक्षमा कांग्रेस रहेको बताए । उनले भने, ‘संसद्बाट निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री र निर्वाचन मण्डलबाट चुनिने राष्ट्रपति नै उपयुक्त विकल्प हो ।’ एमाले नेताहरूले पुरानै संसदीय व्यवस्थाले मुलुकमा अस्थिरता निम्त्याउने उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा आउन कांग्रेस नेताहरूलाई आग्रह गरेका थिए ।
एमाले नेता सुरेन्द्र पाण्डेले बैठकमा कांग्रेस सभापतिले प्रत्यक्ष निर्वाचित व्यक्ति निरंकुश हुने र मिश्रित पनि चल्दैन भन्ने धारणा राखेको जानकारी दिए । नेता पाण्डेले भने, ‘कि तपाईंहरू माओवादीलाई आङ्खनो एजेन्डामा मनाउनुहोस्, होइन भने तपाईंहरू एमालेको एजेन्डामा आउनुपर्‍यो भन्यौ ।’
पाण्डेका अनुसार ६ देखि ८ प्रदेश बनाउन प्रमुख दलहरूबीच सहमति भएकाले सेती, महाकाली र कर्णालीलाई दुई प्रदेशमात्र बनाउदा सात प्रदेश बनाउन सकिनेमा दुई दल सहमत भएका छन् । जातीय आधारमा प्रदेशहरूको नामकरण गर्न नहुनेमा पनि दुई दल एकमत भएका छन् । तर, विकल्पका रूपमा पहिचानको साझा अर्थसहितको बाटो खोज्ने निष्कर्ष निकालिएको छ । ‘पहिचानभित्र पनि भाषा, धर्म, संस्कृति र चाडपर्वलाई समेत आधार मानेर पहिचानको साझा अर्थ खोज्ने कुरा भएको छ,’ पाण्डेले भने ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय