प्रहरी र प्रदर्शनकारीवीच झडप

विराटनगर, ७ वैशाख । पूर्वाञ्चल विश्व विद्यालयमा तालावन्दी गर्ने क्रममा मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ता र प्रहरीवीच आज विराटनरमा झडप भएको छ । झडपमा झण्डै एक दर्जन प्रदर्शनकारी र प्रहरी  घाईते भएका छन् ।

विराटनगर–१३ मा रहेको पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न पुगेका फोरमका कार्यकतालाई प्रहरी रोकेपछि उनीहरुले प्रहरी माथि आक्रमण सुरु गरेका थिए । उनीहरुले तालाबन्दी गर्न नपाए पछि तोडफोड र ढुङगामुडामा उत्रिएपछि बाध्य भएर बल प्रयोग गरिएको प्रहरी भनाई छ ।

घाईते हुनेमा फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवकी श्रीमती पार्वती यादव सहितका छन् ।

मोरङका प्रहरी प्रमुख प्रधुम्न कार्कीले कार्यालयमा तालाबन्दी गर्न नपाएपछि प्रहरी सुरक्षाकर्मी माथि फोरम नेपालका कार्यकर्ताले आक्रमण गरेको बताए । आक्रमण हुन थालेपछि बल प्रयोग गर्नु परेको उनको भनाई छ ।

विराटनगरमा रहेको केन्द्रीय कार्यालय उत्तर गोठगाउमा सार्न लागेको बिरोधमा फोरमका कार्यक्रम आन्दोलित भएका छन् ।

प्रतिक्रिया