१८ पदका लागि ५९ को मनोनयन दर्ता

कैलाली, ७ वैशाख । वैशाख नौ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा १८ पदका लागि ५९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार ५९ जना उद्योगी, व्यवसायीले बिभिन्न पदमा मनोनयन दर्ता गरेका हुन् । मोहनराज शर्मा, गजेन्द्रवीर चन्द र कर्ण कु“वरले प्यानल सहित सबै पदमा मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा उद्योग तर्फ मानसिंह धामी र अन्य चार जनाले सदस्य पदमा स्वतन्त्र उम्मेदवार भन्दै आफ्नो मनोनियन दर्ता गराएका छन् ।

शर्माको नेतृत्वमा उपाध्यक्षमा उद्योगतर्फ प्रकाशजंग स्वार, वाणिज्यतर्फ नारायण लम्साल र वस्तुगततर्फ पदमराज आचार्य तथा महासचिवमा उपेन्द्र विष्ट, कोषाध्यक्षमा देवेन्द्र हमाल, सचिवमा सुरत कार्की लगायतकाले मनोनयन दर्ता गराएका छन् ।

कु“वरको नेतृत्वमा उपाध्यक्षमा उद्योगतर्फ राजेश भण्डारी, वाणिज्यतर्फ बलराम चपाई र वस्तुगततर्फ लालबहादुर वोगटी तथा महासचिवमा ओम कार्की, कोषाध्यक्षमा शंकर बोगटी, सचिवमा जयराज जोशी लगायतले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

चन्दको नेतृत्वमा उपाध्यक्षमा लोकराज भट्ट, नवीन जोशी र शिवकुमार फुलारा रहेका छन भने महासचिवमा रविनकान्त पन्त, कोषाध्यक्षमा दिनेश लम्साल, सचिवमा हरिशंकर ठाकुर लगायतले मनोनियन दर्ता गराएका छन् ।

सुदूरपश्चिमकै अग्रणी मानिने कैलाली उद्योग वाणिज्य संघको यो ४० औं साधारणसभा हो । यसका छ हजार बढी सदस्य छन् । चुनाव हुने दिन नजिकीदै गर्दा उम्मेदवारहरु प्यानल सहित विभिन्न नारा लिएर भोट माग्न घरदैलो अभियानमा लागेका छन् ।

प्रतिक्रिया