दिया बंगालीतिर

मुम्बई :बलिउड नायिकाहरू मद्रासी चलचित्रमा पनि प्रशस्तै देखिने गरेका छन् । ती चलचित्रमा उनीहरूको डबिङ भने प्रायः अरूकै स्वरमा गराउने गरिन्थ्यो । नायिका दिया मिर्जाले भने आफूले खेलेको पहिलो बंगाली चलचित्रमा डबिङ पनि आफ्नै स्वरमा गराउने भएकी छन् । उक्त बंगाली चलचित्रका निर्देशक प्रीतम डि गुप्ताले दियामा सो क्षमता रहेकाले डबिङ गराउन लागिएको एजेन्सीलाई बताएका छन् ।
चलचित्रमा दियाले अंग्रेजी स्कुलका शिक्षिकाको भूमिका गरेकी छन् । उनका साथ पि्रयांशु चटर्जी र बंगाली चलचित्रका सुपरस्टार सौमित्र चटर्जीको पनि अभिनय छ । बंगाली चलचित्रमा अभिनयसहित डबिङ पनि आफ्नै स्वरमा गराउने बलिउड नायिकामा दिया पहिलो भएको एजेन्सीले चर्चा गरेको छ । यसअघि ऐश्वर्या राय बच्चनले चोेकरवाली, मनीषा कोइरालाले खेलवाली तथा बिपासा बसुले बंगाली चलचित्रमा गरेका भूमिकाले प्रशंसा पाएका थिए । दियाले आफ्नो मातृभाषा बंगाली रहेकामा पहिलो क्षेत्रीय चलचित्र पनि बंगाली नै हुन पुगेकोमा खुसी व्यक्त गरिन् । चलचित्र आगामी महिना रिलिज हुने एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया