ओझेलमा परेको जिन्दगी

‘अपुताली रोक्ने सन्तान’का रूपमा जन्मिएका तारानाथ रानाभाट कालान्तरमा राष्ट्र चलाउने संसद्को प्रमुख जिम्मेवारीसम्म पुगे । हाल राजनीतिक वृत्तमा त्यति चर्चामा नरहे पनि सन् १९४४ मार्च १४ मा जन्मिएका पूर्वसभामुख रानाभाट उनकै शब्दमा भने ‘सक्रिय’ छन् ।
रानाभाटले पहिलोचोटि पाइला टेकेको पुख्र्यौली थलो कास्की जिल्लाको कन्धनीडाडा हो । ‘हामी खान लाउन पुग्नेमध्येमै पथ्र्यौं’, रानाभाटले भने– ‘पञ्चायती व्यवस्था र परिवारका सदस्यको निधनले केही नमीठा पल व्यहोर्नुपर्‍यो ।’
खिमादेवी रानाभाट र नारायणदत्त रानाभाटका सन्तानका रूपमा जन्मिएका उनको जन्मबारे परिवारले एउटा गज्जबको आध्यात्मिक विश्वास सगालेको रहेछ । ‘मेरा हजुरबुबा करुणाकर रानाभाटका जेठा र माइला छोरा बिते । उनीहरूका सन्तान पनि बिते । घरमा अपुताली पर्ने सम्भावना भयो’, उनले आङ्खनो कथा सुनाउदै भने– ‘हजुरबुबाले बुबाको अर्को विवाह गराएछन् (मेरी आमा), सन्ततिका लागि हरिवंश महापुराण लगाएछन्, अनि म जन्मिए रे ।’
हजुरआमा र हजुरबुबाको काखमै हुर्किएका रानाभाटको अक्षरारम्भ पनि उनीहरूले नै गराएछन् । त्यसबेलाको शिक्षाअनुसार दुर्गाकवच, चण्डी, गणित र ऐनस्रेस्ता पढेका रानाभाटका पहिलो गुरु भैरव अर्याल रहेछन् । पोखराको बिन्देश्वरी माविबाट एसएलसी र पृथ्वीनारायण क्याम्पसबाट २०२५ सालमा बिए पास गरेका रहेछन् । पछि प्राइभेट रूपमै बिएल र बिएस गरेका पूर्वसभामुख रानाभाटले एमएसम्मको अध्ययन गरेछन् ।
पढ्दापढ्दै समयसगै राजनीति पनि छुदै गरेका रानाभाट एमए गर्दासम्म राजनीतिका ‘अच्छा युवा खेलाडी’ बनिसकेका थिए रे । २००३ सालदेखि नै कांग्रेसको राजनीतिमा लागेका बुबा नारायणदत्त २०१७ सालमा थुनिएपछि पढाइमा अब्बल रानाभाट जेहेनदार विद्यार्थी बनिरहन सकेनन् । ‘कहिले बुबा थुनिने, कहिले बुबाका साथीभाइ घरमा आएर राजनीतिक कुरा गर्ने, यस्तै–यस्तै घटनाले मलाई राजनीतिप्रति रुचि बढ्दै गयो’, रानाभाटले भने– ‘२०१४ को भद्रअवज्ञा आन्दोलनमा त म छात्र स्वयंसेवक भएर भाग लिनै गए ।’ उनीसगै कृष्णमोहन भट्टराई, पुलिन्द्रमान श्रेष्ठ र भेषजंग गुरुङलगायत पनि थिए रे ।
रानाभाट कांग्रेसको कार्यकर्ता भने २०१५ सालको निर्वाचनपछि मात्रै भएछन् । बुबालाई पक्रेपछि दिएको यातना देखेर बुबाकै पदचिह्न पच्छ्याउने निधो गरेछन् । ‘२०२५ सालमा बिपी कोइराला जेलमुक्त हुदा पोखरामा औपचारिक स्वागत कार्यक्रम नै गरे,’ रानाभाटले भने– ‘पछि त म उग्र हुदै गए ।’ खरो रूपमा राजनीतिमा उभिनुपछाडिको नमीठो कथा रानाभाटले सुनाए– ‘२०१८ सालमा मेरा पिताजीलाई कास्कीको दाङसीभर्‍याङबाट पक्राउ गरियो, राजनीतिक हिसाबले कांग्रेससग नजिक मानिने कास्कीका बडाहाकिम तेजबहादुर प्रसार्इं, एसपी चिन्ताबहादुर बस्नेत र एक इन्स्पेक्टरले बुबालाई बेतका लौरीले उल्टो टागेर पिट्दै बेहोस बनाए, यही घटनाले मलाई राजनीतिमा लाग्न घचघच्यायो ।’
एकातिर बुबाको अवस्था र अर्कातिर स–साना भाइबहिनीको जिम्मेवारीले उनलाई नपिरोलेको होइन । अर्कातिर राज्यले उनको परिवारलाई अराष्ट्रिय तŒव भन्दै दुःख दिइरह्यो । गाउमा खान लाउन नपुग्ने भयो । तीन वर्षसम्म खेत बाझै रहे । आफन्तले लुकिछिपी गरेको सहयोगबाट गुजारा भएको उनले स्मरण गरे । ०२२ सालमा पिता रिहा भएपछि आमालाई सहयोग होस् भनेर तारानाथको विवाह तनहुको रिसिङ राम्जाकोटकी नर्मदासग गराइयो । ‘मैले दुलहीको अनुहार विवाहपूर्व र पछि पनि निकै दिनसम्म देखिन’, रानाभाटले भने– ‘त्यति बेला घुम्टो नखोल्ने चलन थियो ।’ दुई दिन हिडेर विवाह गर्न गएका रानाभाटले दुलही सानी भएकाले माइतीमै छाडेर फर्केछन् । भने– ‘बिहे माघमा भयो, दुलहीचाहि चैतमा मात्रै भिœयायौ । दुलही भित्रिने बेला म शैक्षिक भ्रमणमा थिए ।’
नर्मदासग जोडिएको त्यही सम्बन्ध पछि राजनीतिक सफलताको कडी बन्यो, रानाभाटलाई । सभामुख बन्दासम्म र आज पनि उनलाई हरतरहको सहयोग गर्ने पहिलो पात्र उनकै धर्मपत्नी नर्मदा हुन् । उनैको सहयोगका कारण अहिले पनि आङ्खनो राजनीतिक सक्रियता कम नभएको उनी दाबी गर्छन् ।
नेविसंघ गठन हुदा ०२८ मा कास्कीका संयोजक बने उनी । त्यसपछि तरुण दलमा लागे । बिपी रिहा भएपछि बनारस र सुवर्णशमशेर कोलकातामा हुदा त्यतातिर पनि उनको सम्पर्क बढ्यो । ०३३ सालमा मेलमिलापको नीति लिएर बिपी नेपाल फर्किएपछि उनले पनि अर्धभूमिगत हुनु परेछ । २०३६ को जनमत संग्रह हुनुपूर्व बिपी पोखरा जादा कार्यक्रम आयोजनाको सम्पूर्ण जिम्मेवारी रानाभाटले पाएछन् । १३ वर्षदेखि पढाइरहेको विश्वशान्ति माविबाट राजीनामा दिएपछि पूरै नेपाली कांग्रेसकै जिम्मेवारीमा होमिएछन् । पटकपटक गरेर साढे ६ वर्ष जेल जीवन बिताएका रानाभाटले ०३५ सालयता बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसग देशव्यापी दौडाहा पनि गरे ।
उनी कास्कीका कार्यकर्ताबाट प्रत्यक्ष निर्वाचित पहिलो सभापति बने । ०४४ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । त्यसपछि पार्टीको केन्द्रीय प्रवक्ता, महामन्त्री र सामाजिक समितिको संयोजक पनि बने । २०४८ को चुनावले उनलाई कास्की क्षेत्र नं १ को संसद्मा निर्वाचित गओझेलमा परेको जिन्दगीयो । ‘त्यही साल म कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भए,’ रानाभाटले भने– ‘संजोग होला कास्कीबाट ०१५ सालयता सहायक, राज्यमन्त्री बन्ने त धेरै छन्, दुई–दुईपटक क्याबिनेट मन्त्री बन्ने मौका मैले मात्रै पाए ।’
०५६ साल असारमा सभामुख बनेका रानाभाट त्यो पदमा अहिलेसम्म सबैभन्दा बढी समय बिताउने व्यक्ति हुन् । पाच वर्षका लागि सभामुख चुनिए पनि तत्कालीन संविधानको व्यवस्थाअनुसार विघटित संसद्को अर्को व्यवस्था नभएसम्म सभामुख रहिरहे । संसद् पुनःस्थापनका लागि पार्टीले वैधानिक रूपमा गरेको आन्दोलनमा सरिक भए । दरबार हत्याकाण्ड छानबिनका लागि गठित आयोगका सदस्यसमेत बसे । आयोगले तयार गरेको प्रतिवेदन वाचन गर्दा उनी निकै विवादित पनि भए । त्यसलाई उनी ‘सीमामा बसेर गरिएको वाचन मात्रै हो’ भन्न रुचाउछन् ।
कुनै समयका चर्चित राजनीतिज्ञ रानाभाट अहिले त्यति धेरै चर्चामा छैनन् तर उनीचाहि आफूलाई सक्रिय नै ठान्छन् । भन्छन्– ‘अहिले पद, प्रचार अनि सम्बद्ध व्यक्तिको विदेशी प्रभावका आधारमा सक्रियताको मापन हुन्छ । म त्यसमा नपरे पनि हरेक आन्दोलनमा क्रियाशील भइरहेकै छु ।’
पूर्वसांसदहरूको अध्यक्ष भएर कसैले स्पष्ट उठाउन नसकेको राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीसम्बन्धी तीनवटा विषय आफूहरूले उठान गरेको बताउदै उनले राज्यको पुनःसंरचना गर्दा तीनवटा प्रदेश र एउटा केन्द्रीय प्रदेशभन्दा बढी बनाउन नहुने राय व्यक्त गरे । भने– ‘जातीय आधारमा राज्यको नामकरण गर्नु भनेको राष्ट्रिय एकतामा घात गर्नुसरह हुनेछ । प्रदेशहरूलाई आत्मनिर्णयको अधिकार दिदा राष्ट्र विखण्डनमा जान्छ ।’ राजनीतिक पार्टीहरू अहिले आफूहरूको धारणातिर ढल्किरहेकामा उनी अलि आशावादी छन् ।
शान्ति र संविधान निर्माण पूरा नहुनुमा ‘स्वार्थ’लाई कारण ठम्याउ“छन् रानाभाट । राजनीतिक पार्टीभित्रको व्यक्तिगत गुट, पार्टीहरूको स्वार्थ, विदेशी चलखेल, आपसी विश्वासको संकटका कारण समस्याको गाठो सुल्झाउनै नसक्ने गरी जेलिएको उनले देखेका छन् तर नेपालीले विगतमा धेरै समस्यालाई ठीक मौकामा ‘सेफलेन्डिङ’ गरेकाले उनी धेरै निराशावादी पनि छैनन् । संविधान बनाउन लामो संक्रमणकाल चाहिदैन भन्ने कुरा ०४७ को संविधान बनाउदा प्रमाणित भइसकेकाले इच्छाशक्ति भए संविधान बन्न ‘कुनै आइतबार’ नलाग्ने उनी दाबी गर्छन् । ‘संविधानसभा नरहे पनि संसद् रहन सक्ने आवाज सुनिनु भनेको घोर अराजनीतिक, अवैधानिक र स्वार्थप्रेरित तर्क हो’, रानाभाटले भने– ‘जरो नै उखेलिसकेपछि हागा रहने कुरा कसरी सम्भव हुन्छ ?’
देशको राजनीतिलाई राम्ररी बुझेका रानाभाट कांग्रेसभित्रको विवादलाई कसरी हेर्छन् त ? भन्छन्– ‘अहिले कांग्रेसभित्र तुच्छ स्वार्थले काम गरेका छन् । इमानदार मान्छे, कार्यकर्ता पन्छाइएका छन् । आङ्खना ‘निकटका’ देखिनेहरू र अन्यत्रका भरिया र भरौटेहरूको भर पर्दा अहिले दुःखद र कमजोर स्थिति कांग्रेसले भोग्नुपरेको हो ।’
अबको एकता मनको एकतामा परिणत हुनुपर्ने राय रानाभाट दिन्छन् । कांग्रेसले नै राष्ट्रियता, प्रजातन्त्र र नेपाली मात्रको मेलमिलापलाई कायम राख्न सक्ने देख्छन् उनी तर भन्छन्– ‘यो काम ब्यानरले गर्ने होइन, इतिहासले गर्ने होइन । सुदृढ अनि विश्वासपूर्ण सांगठनिक शैलीले मात्र नेपाली कांग्रेस सफल हुन सक्छ ।’ कांग्रेस योभन्दा बाहिरको बाटाबाट हिडिरहेकोप्रति उनको चित्त दुखाइ छ ।

प्रतिक्रिया