पुल बन्ने चाहना

अमेरिकाबाट अध्ययन गरी फर्कंदाका दिनमा डा. प्रकाशचन्द्र लोहनीलाई राजनीतिमै लागौला भन्ने पटक्कै रहेनछ । आङ्खनै किसिमले मुलुकको सामाजिक एवम् आर्थिक विकासमा लाग्नुपर्ला भन्ने सोचेका थिए तर कसोकसो राजनीतितिरै मोडियो उनको यात्रा । आज राष्ट्रिय जनशक्ति पार्टीका सह–उपाध्यक्ष छन् । जसरी भए पनि सन्ततिलाई पढाउनुचाहि पर्छ भन्ने मान्यतामा थियो रे उनको मध्यमवर्गीय परिवार । सम्झिए– ‘घरमा पढाइको त प्रतिस्पर्धा नै हुन्थ्यो, भोलि के हुने भन्ने योजना भने थिएन ।’ जिन्दगीका केही वर्ष विदेशमै बिताएका उनी नेपालमा जन्मन पाएकामा गर्व गर्छन् । भन्छन्– ‘संसारका दुई ठूला धर्म बौद्ध र हिन्दूका मौलिक आधार लुम्बिनी र पशुपति यही छन्, हामीसग सभ्यता र संस्कृतिको बहुमूल्य धन छ ।’
लोहनी नेपालका तीन नेतालाई श्रद्धाका पात्र मान्छन्– टंकप्रसाद आचार्य, बिपी कोइराला र मनमोहन अधिकारी । आचार्यको शैली उनलाई उदाहरणीय लाग्छ । कोइरालालाई नेपालको प्रजातन्त्र र राष्ट्रियताका लागि महŒवपूर्ण संवाहक ठान्छन् । अधिकारीले चाहि सरल व्यवहार र राष्ट्रपतिको प्रतिबद्धताका कारण उनको मन जितेका रहेछन् ।
विभिन्न शासकीय कालखण्डका साक्षी उनी पाच वर्ष मात्रै राजनीति स्थिर हुने हो भने मुलुकको विकास हुने ठम्याउछन् । हालका दिनमा विकासका आधारशिला निर्माण हुदै गइरहेको पनि देख्छन् । भन्छन्– ‘यसरी होइन, सबैले सामूहिक रूपमा शासन चलाउने हो भने देशले काचुली फेर्न समय लाग्दैन । गरे के सम्भव छैन ? छिमेकी देश चीन र भारतले गरेको प्रगति नै हेरे थाहा हुन्छ ।’
विगतका तुलनामा सामाजिक विभेद पनि कम हुदै गएको उनलाई लाग्छ । जनतामा चेतना बढेको छ । त्यो चेतनाको सकारात्मक प्रयोग हुनेगरी संविधानमा व्यवस्था गर्नुपर्छ भन्छन् । ‘त्यति बेला मुलुक कल्पना गरेभन्दा पनि अगाडि बढ्नेछ’, उनले सुनाए– ‘यसका लागि म जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छु, जीवनको बा“की समय पनि मुलुककै लागि केही गरौ भन्ने छ ।’
वर्तमान राजनीति सोचेजति स्वच्छ छैन भन्छन्, यी राजनीतिज्ञ । पार्टीहरूभित्र आन्तरिक कलह बढी देख्छन् तर यसबीच पनि शिविरमा रहेका लडाकुको सेना समायोजनमा भएको पछिल्लो प्रगतिले उनलाई खुसी दिएको रहेछ । एमाओवादी उपाध्यक्ष मोहन वैद्य यसको विपक्षमा देखिए पनि खासमा उनकै कारण यो सम्भव भएको उनको बुझाइ छ । रमाइलो तर्क गरे– ‘वैद्यपक्षको विरोधले पार्टीभित्रको कलह थेग्नै नसक्ने भएपछि नै अध्यक्ष प्रचण्ड समायोजनलाई हतारिन बाध्य भए ।’ एमाओवादीभित्रको यो अवस्थालाई उनी पूर्वराजाले बहुदलवादीहरूलाई हातमा लिएर काम गर्न नसक्दाको अवस्थासग तुलना गर्छन् । भन्छन्– ‘यो सबैलाई उपेक्षा गर्नाको परिणाम हो ।’
पूर्वराजा ज्ञानेन्द्र शाहसग पनि भेटिरह“दा रहेछन् लोहनी । ‘उनी पनि अब नागरिक हुन्, किन नभेट्नु त ?’ –सुनाए । भेटमा कुराचाहि कस्ता हुन्छन् त ? ‘समग्रमा देशको चिन्ता नै हो, मुलुकको राष्ट्रियता, अखण्डता, एकतामा खलल नआओस् भन्ने कामना हुन्छ ।’ ‘पूर्वपञ्चहरूको नेता’ भनेर आलोचना हुने गरेकामा उनको आङ्खनै खालको सन्तुष्टि छ– ‘म पहिले पञ्चको नेता हु र अहिले बहुदलवादी पनि हु“ ।’ पञ्चायती व्यवस्थामा मन्त्री हुदा पनि आफूहरूले मुलुकको अस्मिता वा स्वाभिमानलाई हानि गर्ने कुनै काम नगरेको सगर्व सुनाउछन् । ‘त्यति बेला भएजति काम खोइ अहिले भएको’, उनले उति बेलाको उपलब्धि सुनाए– ‘पहिलेका संस्थानहरू खोइ आज ? अन्त कतै जानुपर्दैन, वायुसेवा निगम मात्रै हेरे पुग्छ ।’
जसले जे–जे भने पनि छत्तीस सालमै बहुदलीय व्यवस्था चाहिन्छ भनेर भाषण गरेका थिए रे उनले । प्रस्ट्याए– ‘म सधै जनताको मतबाट चुनिएर आएको हु, कसले के भन्छ भन्नेमा आपत्ति छैन । यहा कसले कसलाई पो भन्न बाकी राखेका छन् र ?’ अहिलेको अवस्थामा एमाओवादीलाई एकाधिकारवादी र एमालेलाई अवसरवादी पार्टी देख्दा रहेछन् उनी । जनताका बीच काम गर्न ०४६ सालअघि र अहिले फरक छैन रे, राजनीति गर्नचाहि अहिले सजिलो छ रे † ‘जनताका बीच जान खुला प्रतिस्पर्धा छ, यही नै प्रजातन्त्रको गुण हो’ । उनका अनुसार संसारमा सबैतिर मध्यम वर्गले नेतृत्व गरेका छन् तर नेपालमा त्यो लागू भएको छैन । नेपालमा निम्नवर्गका जनताको संख्या ठूलो छ, ती जनताको हित प्राथमिकतामा परेको छैन । कृषिमन्त्री हुदाबखत त्यस्ता जनताको समस्यासग नजिकिएका रहेछन् लोहनी ।
तपाईंलाई ‘सामन्त’ पनि भने नि कुनै बेला ? यो प्रश्नको उत्तरमा उनी अहिलेका नेताचाहि सामन्तवादी रहेको आरोप लगाउछन् । भन्छन्– ‘सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने हिजो केही नभएकाहरू आज करोडौको महलमा बस्छन् ।’ उनको सोचाइमा सामन्त भनेको चिन्तन र व्यवहारको पनि कुरा हो । विद्यार्थीजीवनको कुरा सुनाए उनले– ‘अमेरिकामा पढ्दा म ट्रक चलाएर पढाइखर्च जुटाउथे, श्रमप्रति सम्मान गर्छु । आङ्खनो भारी बोक्दा मलाई कत्ति पनि हीनताबोध हुदैन । बरु यहा“ सर्वहारा पार्टीका नेताचाहि आङ्खनो झोला पनि अरूलाई बोकाउछन्, उल्टै हामीलाई सामन्त भन्छन् ।’ एमाओवादीप्रतिको जनताको आशा अब भ्रामक साबित भइसकेको उनलाई लाग्छ । उनले भने– ‘बजारमा मान्छे नया पसलमा जान्छ स्वाभाविकै हो, त्यहा अलिकति सस्तो अनि राम्रो पाइन्छ कि भन्ने अपेक्षा सुरुमा सबैले गर्छन् तर एमाओवादीको ‘नया पसल’ मा चामल होइन, भुसको व्यापार हुदो रहेछ, जनताले चाल पाइसके ।’
जीवनमा के–के नै गरौला भन्ने महत्वकांक्षा रहेनछ उनीसग । बाबुबाजेले खान÷लाउन पुग्ने गरी छाडिदिएको सम्पत्तिमा सन्तुष्ट रहेछन् । राजनीतिको आवरण ओढेर सम्पत्ति कमाउनेहरूलाई उनको उपदेश– ‘त्यसो गर्नुभन्दा व्यापार गरेर खानु राम्रो हो, जनतालाई छल गरेर कमाउनुमा के आनन्द र ?’ बौद्धिक अनि विद्वान् छन् लोहनी । त्यसैले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कन्सल्टेन्सीहरू उनका उपयोगी परामर्श खोजिरहेका हुन्छन् । त्यस्ता कन्सल्टेन्सीमार्फत परामर्श बाड्ने काम उनको आम्दानीको बाटो हो रे, जसले जीवन धान्न सघाउछ । राजनीतिका नाममा चन्दा मागेर जीवन चलाउनुलाई आपत्तिजनक ठान्ने उनी अहिले राजनीतिक भ्रष्टाचार व्यापक हुदै गइरहेको देख्छन् । भन्छन्– ‘पहिले एउटा राजा थिए । आज धेरैजना मिलेर जनता ठग्ने काम गरिरहेछन् ।’
पुरानो सभ्यताबाट प्रेरणा लिएर सभ्य अनि आधुनिक नेपाल बनाउने सपना देख्छन् लोहनी । त्यही उद्देश्यले यतिखेर टुक्रा–टुक्रा भएको राप्रपालाई जुटाउन सक्रिय भइरहेछन् । भन्छन्– ‘आउने निर्वाचनसम्ममा राप्रपालाई सबैभन्दा शक्तिशाली पार्टी बनाउनेछौ ।’ यससम्बन्धमा धेरै काम पूरा भइसकेको उनले सुनाए । भने– ‘यतिखेर प्रजातन्त्रमा आस्था राख्ने राष्ट्रवादीहरूको एकताको खाचो छ, हामी त्यो पूरा गरेरै छाड्छौ ।’

प्रतिक्रिया