सफलताका सूत्रधार

भदौमा जन्मेकाले उनको नाम रह्यो भद्रमान । पाच दशकभन्दा बढी ज्ञान र शिक्षाको ज्योति छर्नमा बिताएका उनी नामजस्तै भद्र छन् । २०६८ सालमा ६८ वर्ष टेकेका काठमाडांै विश्वविद्यालय (केयु) का रजिस्ट्रार डा. भद्रमान तुलाधरले २०१८ सालमा आफैले पढेको आनन्दकुटी विद्यापीठ स्वयम्भूबाट शिक्षण सुरु गरेका रहेछन् । वृद्ध उमेरमा पनि पढाउन छाडेका छैनन् । ‘रजिस्ट्रार भएर पनि म विद्यार्थीलाई पढाइरहेकै छु, शरीर रहेसम्म पढाइरहन्छु’ –उनले बुढ्यौली जोस देखाए– ‘अहिले पनि दैनिक १८ घन्टा काम गर्छु, म पदको लालचा र आकांक्षामा भन्दा परिश्रम र संघर्षबाटै पाएको सफलतामा रमाउछु ।’
हुन पनि काठमाडौं, संकटाका भद्रमानको जीवनको सुरुआत कम्ती संघर्षपूर्ण थिएन तर सफलता त्योभन्दा धेरै मीठो छ । परिवारको आर्थिक समस्याका कारण उनले आठ वर्षसम्म घरमै स्वाध्ययन गरे । अरू साथीहरू सेन्ट जेभियर्स गइरहदा आठ वर्ष पुगेपछि उनी भने बौद्धमार्गी बुबाका पछि लागेर आनन्दकुटी विद्यापीठ पुगे र १४ वर्षको उमेरमा त्यहीबाट प्रवेशिका (एसएलसी) पास गरे । त्रिचन्द्र कलेजबाट आइएस्सी र बिएस्सी गरेका उनले पढ्दापढ्दै पढाउन पनि थाले, आफै पढेको स्कुल आनन्दकुटीमा । उनले रूसको जनमैत्री विश्वविद्यालयबाट एमएस्सी र पिएचडी गरे । औपचारिक स्कुल प्रवेश गरेपछि ६ वर्षभित्रै एसएलसी गरेका भद्रमानले सबैभन्दा थोरै अवधि अर्थात् दुई वर्ष नौ महिनामै गणित विषयमा पिएचडी पनि गरे । पिएचडी गर्न कम्तीमा पाच वर्ष लाग्छ । थोरै समयमै पिएचडी गर्न सकेको सम्मानमा भद्रमानलाई उक्त विश्वविद्यालयले वार्षिकोत्सवमा बोलाउदै आएको छ र उनी तीनपटक सहभागी भइसके । अमृतानन्द महास्थविर र त्रिभुवन विश्वविद्यालयका पहिलो रजिस्ट्रार डा. परासरनारायण सुवालको प्रत्यक्ष सहयोगमा आनन्दकुटीलाई ‘साइन्स कलेज’ बनाउन उनको प्रमुख भूमिका रह्यो । धरानको व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र स्थापना तथा त्यसको सञ्चालनमा पनि उनले महत्वपूर्ण भूमिका खेले । काठमाडौं भ्याली क्याम्पस स्थापना गरेर त्यसको प्रमुख पनि बने । त्यही भ्याली क्याम्पसलाई २०४९ सालपछि केयुका रूपमा स्थापना गरियो । केयु स्थापनामा उनको योगदान महत्वपूर्ण छ । केयुका संस्थापक डिन रहेका उनी अहिले रजिस्ट्रार छन् । ‘एउटा क्याम्पस सफल बनाउन ठूलो परिश्रम चाहिन्छ, मैले भ्याली क्याम्पस चलाउदा ६ वर्षसम्म एक दिन गयल नभई काम गरे र कलेजले धेरै सफलता पायो’, उनले सुनाए– ‘धैर्य चाहिन्छ, आत्तिनु हुदैन, निरन्तर परिश्रम गरेपछि सफलता पाइन्छ, चार कलेजलाई स्थापना गरेर सफल बनाउदा म पनि सफल भए ।’ उनका अनुसार उनी ५० हजारभन्दा बढीका गुरु बनिसकेका छन्, अहिले जुनसुकै देशभित्र जादा पनि उनका विद्यार्थी भेटिन्छन् ।
नेपाल गणित समाजका अध्यक्षसमेत रहेका उनकै नेतृत्वमा दुईचोटि अन्तर्राष्ट्रिय गणित सम्मेलन नेपालमा भइसक्यो । इटालीको अन्तर्राष्ट्रिय गणितसम्बन्धी संस्थाको सदस्य पनि हुन् उनी । महेन्द्र विद्याभूषण, गोर्खा दक्षिणबाहु पुरस्कार र नास्टबाट शिक्षा र गणित विषयमा विशेष पुरस्कार पाएका उनको नेपालमै अन्तर्राष्ट्रिय स्तरको हिमालय इन्स्टिच्युट फर म्याथमेटिकल रिसर्च स्थापना गर्ने ठूलो सपना छ, जहा विदेशी विद्यार्थीसमेत आएर अनुसन्धान गर्न सकुन्  । यसका लागि विभिन्न सरकारी र गैरसरकारी संघसंस्थामा प्रस्तावसमेत पठाइसकेका छन् । उनले ‘इन्ट्रोडक्सन टु द स्टाविलिटी अफ मोसन’ नामक गणितसम्बन्धी पुस्तक लेखेका छन्, जुन विश्वका अधिकांश मुलुकमा स्नातकोत्तर तहमा पढाइ हुन्छ रे ।
बौद्धमार्गी उनी धर्मले मात्र होइन, कर्मले पनि सिर्जनशील, धैर्यवान् र क्षमतावान् बनेका छन् । केयुको उपकुलपतिका लागि भविष्यको प्रभावशाली प्रत्याशीका रूपमा उनैलाई लिइन्छ । तर, उनी पदलाई परिस्थिति र समयको जिम्मेवारीका रूपमा मात्र लिन्छन् । पद र नाम होइन, कामको पछाडि दौडिए जीवनमा सफलता पाइने उनको अनुभव छ । ‘लक्ष्य राखेपछि फर्केर हेर्नु हुदैन, जति दुःख, संघर्ष र परिश्रम गर्नुपरे पनि पछि हट्नु हुदैन, त्यसले सफलता नै सफलता पाइन्छ’, उनले सम्झिए– ‘मेरा पनि धेरै कठिन दिन आए, सामना गरे, निरास भएर परिश्रम गर्न छाडिन, सफलता पाए, सफलता पाएपछि पनि मात्तिएर योगदान गर्नमा एक इन्च कम गरिन“ ।’
ठूलो संघर्ष र परिश्रमले केयुले सफलता पाएको बताउने उनीस“ग केयुको सफलतालाई बचाइराख्न र अझ सफल बनाउने चार सूत्र छन् । ‘केयुको आकार ठूलो बनाउनु हुदैन, बाहिरी राजनीति घुसाउनु हुदैन, बाह्य हस्तक्षेप बन्द गर्नुपर्छ र चलाइरहेका कार्यक्रमलाई स्थायित्व नदिई नया कार्यक्रम अगाडि बढाउनु हुदैन’ –यी चार सूत्रले केयुलाई अझ सफल बनाउने उनको तर्क छ ।
शिक्षाक्षेत्रमै यौवनदेखि वृद्ध उमेरसम्म बिताइरहेका उनलाई राजनीतिबारे खासै चासो छैन तर अनुभवी सञ्चालकको हातमा नपरेकाले देश धनी भएर पनि नेपाली गरिब हुनुपरेको उनको ठम्याइ छ । ‘नेपालको सफलताका लागि जुन ठाउमा जुन योग्यताको व्यक्ति आवश्यक छ, त्यसैले त्यो संस्था हाक्नुपर्छ, यो धु्रव सत्य हो तर नेपालमा अहिलेसम्म त्यो हुन सकेकै छैन’ –आफूले भोगेको राजनीतिक अनुभव सुनाउदै उनले निष्कर्ष निकाले ।

प्रतिक्रिया