संविधानसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं, ६ वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वैशाख–११ गतेदेखि संविधानसभा सुरु हुन लागेको भन्दै बैठकमा अनिर्वाय उपस्थित हुन आफ्ना सभासदलाई निर्देशन दिएको छ ।
कांग्रेस संसदीय दलले आज सूचना जारी गरेर वैशाख–११ गते अपरान्ह तीन वजे बस्ने संविधानसभा बैठकमा अनिर्वाय उपस्थित हुन निर्देशन जारी गरेको हो ।
जेष्ठ–१४ गते भित्र शान्ति प्रकृयालाई टुंगो लगाई संविधान निर्माण गर्नुपर्ने भएको भन्दै कांग्रेसले राष्ट्रिय दायित्व पुरा गर्न संविधानसभाका बैठकहरुमा अनिवार्य उपस्थित हुन भनेको छ ।
कांग्रेसले वैशाख–११ गते पछि संविधानसभा बैठक बारम्बार वस्न सक्ने जनाएको छ । उसले संविधानसभाका बैठकहरुमा अनिवार्य उपस्थित भई छलफलमा सहभागी हुन समेत भनेको छ ।

प्रतिक्रिया