सुदूरपश्चिममा पनि ‘मापसे’ सुरु

कैलाली, ६ वैशाख । बढ्दै गएको सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले आजदेखि सुदूरपश्चिमका विभिन्न स्थान र जिल्लामा सवारी चालकहरुले मादक पदार्थ सेवन (मापसे) गरे-नगरेको चेकजाच थालेको छ ।

‘मापसे’ गरी सवारी साधन चलाउने कार्यलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले कैलालीको धनगढी, अत्तरिया र लम्की तथा कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लामा १५ वटा ब्रेथलाइजर मेसिन प्रयोग गरेर मापसे चेकजाच गर्न थालेको हो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख नायब उपरीक्षक प्रमोदकुमार खरेलले ‘मापसे’बाट सवारी साधन चलाएका कारण सडक दुर्घटनामा बृद्धि हुन थालेपछि मेसिन प्रयोग गरी चेकजाच सुरु गरिएको बताए ।

मेसिनले ‘मापसे’ गरेको तुरुन्त थाहा पाइने हुदा ‘मापसे’ कर्तालाई सम्बन्धित ठाउ“मै तत्काल कारवाही गरिने खरेलले बताए । सवारी साधन चलाउदा ‘मापसे’ गरेको भेटाएमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर एक हजार नगद जरिवानाका साथै २४ घण्टा प्रहरी हिरासतमा राखेर आफन्तको जिम्मा लगाउन खरेलको भनाईछ । (फाईत तस्बिर)

प्रतिक्रिया