विदेशीले गाए नेपाली गीत

काठमाडौं, ५ वैशाख । साउथ अफ्रिकी राष्ट्र मरिससका गायक देव राखा यति बेला नेपालमा म्युजिक भिडियो निर्माण गरिरहेका छन् । यो उनले नेपाली भाषामा गाएका गीतको म्युजिक भिडियो हो । तीन वर्षअघि उनले नेपाली भाषामा जिन्दगीका झलक नामक एल्बम निकालेका थिए । एल्बमले मिडियामा त्यति प्राथमिकता नपाएपछि तीन वर्षपछाडि आएर उनले ती गीतलाई म्युजिक भिडियोमार्पmत प्रचार गर्ने योजना बनाएका हुन् ।
अंगे्रजी र थोरै मात्रामा हिन्दी बोल्न जान्ने उनी नेपाली बोल्न जान्दैनन् । नेपाली गीतलाई अंग्रेजीमा अनुवाद गरी त्यसलाई फेरि नेपाली शब्दको रोमनमा लेखेर गाउन लगाइएको संगीतकार सन्तोष श्रेष्ठले बताए । एल्बमका आठवटै गीतमा सन्तोषकै संगीत छ । सन्तोषका अनुसार राखालाई यी गीत
गाउन तीन वर्ष लागेको थियो । अहिले तीमध्ये पाच गीतको म्युजिक भिडियो निर्माण गर्न लागेका हुन् ।
सन् २००६ मा पहिलोपटक नेपाल आएका राखा त्यसपछि नौपटकसम्म यहा आइसकेका छन् । ‘अरू विदेशी कलाकार नेपाल आएपछि प्रायः पर्यटकीय ठाउ वा सगरमाथातिर जान्छन्, मलाई चाहि नेपाल र नेपालीको सन्देश प्रचार गर्न गीत गाउन मन लाग्यो,’ राखाले भने । एल्बममा मन्जुल, मिठुरा ताल र माधव निर्दोषका शब्द छन् । अहिले उपत्यकाका विभिन्न ठाउमा छायांकन भइरहेको म्युजिक भिडियो बोकेर एल्बम प्रचार गर्न अन्य देश पनि पुग्ने योजना राखाले सुनाए ।
सन्तोषले राखालाई गीतकार निर्दोषमाफर्त चिनेको बताए । भने, ‘सुरुमा मलाई उनले नेपालीमा गीत गाउलान् भन्ने पत्यारै लागेको थिएन, अंग्रेजी भाषा बोल्ने उनी नेपाली शब्द प्रस्ट उच्चारणै गर्न जान्दैनथे तर उनको लगाब देखेर नेपाली शब्दहरू रोमनमा लेखेर उच्चारण गर्न सिकायौ ।’ उनले थपे, ‘अहिले एल्बममा उनको उच्चारण ९९ प्रतिशत नेपालीकै जस्तो छ, विदेशी गायकले गाएको हो भन्ने अनुमानै गर्न सकिदैन ।’
नेपालमा भइरहेको भाषिक लडाइ आफूलाई मन नपरेको बताउने राखा नेपालीहरू मिलनसार भएकाले आफूलाई यही सुन्दर देशमा बस्न मन लागेको सुनाउ“छन् । राखाले नेपाली भाषामा नेता वा कुनेता र संसार आफै खराब छैन शीर्षकका किताबसमेत निकालिसकेको संगीतकार श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया