मुकेशको प्रश्न सुमीनाको उत्तर

मुकेश

मुकेश- अहिले केमा व्यस्त ?
सुमीना- माई ब्रदर चलचित्रमा ।
मुकेश- अहिले कतिवटा फिल्म हातमा छन् ?
सुमीना- हातमा त धेरै छन् तर छनोट गर्दा कुनचाहि कति राम्रा पर्छन् भन्ने कुरा हो ।
मुकेश- अहिले तपाईंका चलचित्रमा कमी आएको छ नि ?
सुमीना- अ, विचार गरेर चित्त बुझेका चलचित्र मात्र गर्दा कमी आएको हो ।
मुकेश- सबभन्दा मनपर्ने नायक–नायिका र निर्देशक को–को हुन् ?
सुमीना- नायक राजेश हमाल, नायिका रेखा थापा र निर्देशक शिव रेग्मी ।
मुकेश- अहिलेसम्म काम गरेका मध्ये चित्त बुझेको चलचित्र कुन हो ?
सुमीना- दर्शकले मनपराएअनुसार दुलहीमा चित्त बुझेको छ, जसबाट मैले दुईवटा अवार्ड पनि हात पारिसके“ ।
मुकेश- पहिलोचोटि क्यामेरा फेस गर्दा कस्तो लागेको थियो ?
सुमीना- एकदमै डर लागिरहेको थियो । डर–चिन्ताले नर्भस भएकी थिए ।
मुकेश- विवाह कहिले गर्नुहुन्छ ?
सुमीना- अहिल्यै त्यस्तो सोच त बनाएकी छैन तर त्यस्तो सौभाग्यको दिन कुरेर बसेकी छु ।
मुकेश- बिहे गरिसक्नुभयो रे भन्ने सुनेको थिए नि ?
सुमीना- मुकेशजी, कसरी स्पष्टीकरण दिऊ † म अविवाहित नै छु, त्यो एउटा हल्ला मात्रै हो ।
मुकेश- तपाईंले चलचित्र उद्योगबाटै सन्न्यास लिएको हल्ला आएको थियो नि ?
सुमीना- मेरो ‘एक्जाम’ आएका कारण केही चलचित्र रिजेक्ट गरेकी थिए । फोनमा अफर आउदा केही समय खेल्दिन भनेकी थिए । त्यही विषयलाई लिएर सन्न्यासको हल्ला चलेको हो । मैले सन्न्यासै लिने भनेको होइन मुकेशजी, सगै काम गर्न पाइन्छ ।

सुमीना

प्रतिक्रिया