डिएसपी हुँ भन्दै ठगी गर्ने भगौडा हवल्दार पक्राउ

काठमाडौं, ५ वैशाख । सशस्त्र प्रहरीको भगौडा वरिष्ठ हवल्दारले डिसपी  हुँ भन्दै सर्वसाधारणलाई ज्यान मार्ने धम्की दिएर रकम असुलेको रहस्य खुलेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेपछि  यो रहस्य खुलेको हो ।
जाजरकोटको कार्कीगाउ–१ घर भई बाकेको नेपालगन्ज–५ मा बस्दै आएका ३३ वर्षीय भक्तबहादुर सिंहले आफूले रकम असुलेको बयान दिएको छ  । सिंहले २०५८ मा सशस्त्र प्रहरी बलमा जवानबाट सेवा सुरु गरेका थिए । २०६३ सालमा भागेका उनी त्यसबेला वरिष्ठ हवल्दार थिए ।
महाशाखाले उनलाई बानेश्वरबाट मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ गर्दा सिंह केटीहरुसग मस्तीमा थिए । महाशाखाका एक प्रहरीले भने, ‘नेपालगन्ज बस्दै आएका सिंह सोमबारमात्रै काठमाडा आएका थिए ।’ काठमाडाआउजाउ गरिरहने उनले सर्वसाधारणलाई नेपालगन्ज र काठमाडौं दुवै स्थानबाट फोन र एसएमएसबाट धम्काउने गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
सिंहले पछिल्लोपटक काठमाडौंको डल्लु बस्ने रामेछाप साघुटारका खेटराज श्रेष्ठलाई फोन गरी  ज्यान मार्ने धम्की दिएका थिए । प्रहरीका अनुसार उनले खेटराजलाई ‘म सशस्त्र प्रहरीको डिएसपी हु, तलाई मेरो इन्सपेक्टर लगाई मार्छु’ भन्दै फोनबाट धम्की दिएका थिए । प्रहरी स्रोतका अनुसार उनले खेटराजकी श्रीमतीबाट उनका गरगहना लिएपछि फोनमार्फत मारिदिने धम्की दिएका थिए ।
अनुसन्धानमा खटिएका महाशाखाका डिएसपी हृदयेन्द्र थापाले फसेको रकम उठाइदिने भन्दै मोटो रकम असुलउपर गर्ने धन्दामा समेत सिंह संलग्न भएको बताए । डिएसपी थापाका अनुसार उनले यसैगरी १० जनाभन्दा धेरैलाई धम्की दिएका छन् । उनले भारतीय सेनामा कार्यरत एक सिपाहीलाई समेत धम्काई रकम असुल्ने प्रयास गरेका थिए । स्रोतले भन्यो, ‘उनीविरुद्ध थप उजुरी आउने क्रम जारी ।’
सिंहले ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रहरी निरीक्षक बनाइदिने’ भन्दै मोटो रकम समेत असुल्दै आएको प्रहरीले जनाएको छ । डिएसपी थापाले भने, ‘उनले १०–१२ जनालाई प्रहरीमा जागिर लगाइदिने भन्दै मोटो रकम लिएको अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीका अनुसार आफूलाई लोकगायकसमेत भन्न रुचाउने सिंह २०६७ सालमा नेपालगन्जका राजु धितालको अपहरणमा समेत संलग्न थिए । उनको टोलीले धितालका परिवारबाट १४ लाख रुपिया फिरौती रकम लिएको थियो । धिताललाई मृत भेटिएको थियो । उनी अपहरण प्रकरणमा सुन्धाराबाट पक्राउ परी यसअघि पनि बाके जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजाय दिने फैसला गरेको  थियो । फैसालामुताबिक उनी १० महिना कारावास बसी कैद मुक्त भएका थिए ।

प्रतिक्रिया