काठमाडौंमा एक हजार बढि कारबाहीमा

काठमाडौं, ५ वैशाख । प्रहरीले काठमाडौं उपत्यकामा चैत मसान्त सम्म बिभिन्न अपराधमा संलग्न १ हजार बढिलाई कारबाही गरेको जनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन गरेर १ हजार ४ सय ८२ जनालाई बिभिन्न अपराधमा संलग्न रहेको अभियोगमा मुद्धा चलाएको जनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता रवीराज श्रेष्ठका अनुसार ४ हजार ४४ जना व्यक्तिहरु पक्राउ पश्चात सोधपुछ गरी छोडिएको छ ।

माघदेखि चैत मसान्तसम्म उपत्यकामा ५ हजार ५ सय २६ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया