अधिकार माग्दै मुस्लिमहरु आन्दोलनमा

काठमाडौं, ५ वैशाख । राज्य पुनर्संरचनामा मुस्लिमका हक अधिकार सुनिश्चित नभएको भन्दै राष्ट्रिय मुस्लिम संघर्ष समितिले चरणबद्ध आन्दोलनका घोषणा गरेको छ ।

काठमाडौमा आज आयोजित पत्रकार सम्मेलनमा समितिले पटक पटक मुस्लिम समुदायले अधिकार सुनिश्चितका लागि सरकारलाई दबाब दिएपनि माग पुरा नभएकाले आन्दोलनमा जानुपरेको जनाएको छ ।

समितिका संयोजक सदरुल मियाँ हकले राज्यले मुस्लिम समुदयालाई अझै बिभेदमै राखेका कारण संघर्षमा जान बाध्य भएको बताए । उनले नयाँ बन्ने संविधानमा मुस्लिमको अधिकार नरहे संविधान मान्य नहुने बताए ।

पूर्व राज्यमन्त्री रिजमान अनसारीले मुस्लिम समुदायका मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।
समितिले वैशाख ८ गते सिंहदरबार घेराउ गर्ने , ११ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने १५ गते चक्काजाम गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया