अब शीर्ष नेताले खुट्टा टेक्ने धर्ति पाउने छैनन

काठमाडौं, ५ वैशाख । संस्कृति मन्त्री गोपाल किराँतीले जातीय पहिचना सहितको स्वायत्त राज्य विरुद्ध सहमति नगर्न प्रमुख दलहरुलाई चेतावनी दिएका छन् ।

राजधानीमा आज आयोजित साक्षत्कारमा मन्त्री किराँतीले जातीय राज्य विरुद्ध निर्णय गरिए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले मुलुकमा खुट्टा टेक्ने धर्ती समेत नपाउने दाबी गरे ।

मन्त्री किराँतीले प्रमुख नेताहरुले आफ्नो राजनीति कायम राख्ने हो भने जातीय पहिचान सहितको स्वायत्त राज्यमा सहमति गर्नु पर्ने बताए ।

उनले जातीय पहिचान सहितको संघीयतामा मुलुक नगए जेठ–१४ पछि मुलुकमा विद्रोह गर्ने समेत बताएका छन् ।

हिमालमा शेर्पा, जडान र लिम्बुवान जस्ता राज्यको सुनिश्चिता नभए मुलुकको आन्तरिक सुरक्षामै खतरा आउने भन्दै मन्त्री किराँतीले त्यस्तो खतरा आन्तरिक र बाह्य दुबैबाट हुने बताए । मुलुकको सुरक्षा गर्ने जिम्मेवार मन्त्री बाटै यस्तो चेतावनी दिएको छ ।

उनले मिश्रित निर्वाचन प्रणालीमा बढी प्रत्यक्ष निर्वाचित हुने गरी गर्ने सहमति भएको बताए ।

प्रतिक्रिया