इस्पानियोल, बेटिस र ला रियललाई सफलता

म्याडि्रड, ४ वैशाख । स्पेनिस पि्रमेरा लिग फुटबल प्रतियोगितामा आइतबार राति भएका विभिन्न खेलअन्तर्गत इस्तादी कोर्नेल-एल प्रादमा भएको म्याचमा इस्पानियोलले भ्यालेन्सियालाई ४-० ले पराजित गर्‍यो । विजेता क्याटालान टोलीका लागि क्रिस्चियन गोमेजले २६औं मिनेटमा पहिलो अग्रता दिलाएका थिए । मध्यान्तरसम्म २-० ले अगाडि रहेको सो टोलीका लागि जोन भेर्दु, अल्भारो भाज्क्वेज र कालु युचले एक-एक गोल थपेका थिए । मोरिसियो पोचेतिनोको प्रशिक्षणमा रहेको इस्पानियोल अब अंकतालिकामा छैटौं स्थानमा रहेको ओसासुनाभन्दा केवल एक अंकले पछि छ । ओसासुना आइतबार भएको अर्को खेलमा रियल बेटिसद्वारा १-० ले पराजित भएको थियो ।
रुबेन कास्त्रोले १४औं मिनेटमा गरेको गोल नै उक्त खेलका लागि निणर्यक साबित भयो । सो म्याचमा राउल गार्सियाले ६२औं मिनेटमा रेडकार्ड पाएका थिए । पछिल्ल् चार खेलमा लगातार तेस्रो विजय हासिल गरेको रियल बेटिसले रेलिगेसनमा पर्न तयार टोलीहरूबीच केही राहत महसुस गर्न पाएको छ ।
मालागा र रियल सोसाइडलबीचको खेल १-१ ले बराबरीमा समाप्त भयो । पहिलो हाफको अन्तिम समयदेखि १० खेलाडीमा सीमित सोसाइडललाई आफ्नो गृहमैदानमा खेलिरहेको मालागाले जित्ने व्यापक अनुमान भइरहे पनि ‘ला रियल’ ले सशक्त प्रतिरोधी क्षमता प्रदर्शन गर्दै नतिजा विपक्षमा जान दिएन । खासगरी गोलकिपर ब्राभोले चामत्कारिक रक्षण देखाएपछि मालागा ‘प|mस्टेट’ भएको थियो । दोस्रो पहेंलो कार्ड पाएपछि सोसाइडलका माइकल गोन्जालेजले ‘मार्चिङ अर्डर’ पाएका थिए ।
आइतबार राति भएका अन्य खेलमा भिल्ला रियल र रेसिङ सान्टान्डर १-१ बराबरीमा रहे भने एथलेटिको मेडि्रडले रायो भेलेकानोलाई १-० ले, एथलेटिक बिल्बाओले मार्लोकालाई १-० ले र जारागोजाले ग्रानाडालाई पनि १-० ले नै पराजित गरेका थिए । त्यसअघि, शनिबार राति भएको जारी लिगको आफ्नो ३३औं खेलमा रियलले गियोनलाई ३-१ ले पराजित गर्दा पोर्चुगलका पूर्वफिफा वर्षखेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गरी स्पेनिस लिगमा ४१ गोलको नयाँ कीर्तिमान कायम गरे । रियलले जित हात पारेको केही घन्टापछि भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई २-० ले पराजित गर्‍यो जसमा दुवै गोल अर्जेन्टिनी लियोनेल मेसीले गरेका थिए । लिगमा पाँच खेल बाँकी रहँदा शीर्षस्थानको रियल म्याडि्रड र दोस्रो स्थानको बार्सिलोनाबीचको अंकदूरी चारको छ ।

ला लिगा अंकतालिका -३३औं साताको समाप्तिमा)
क्लब    म्याच    अंक
१.    रियल मेडि्रड    ३३    ८५
२.    बार्सिलोना    ३३    ८१
३.    भ्यालेन्सिया    ३३    ५२
४.    मालागा    ३३    ५१
५.    लेभान्ते    ३३    ४८
६.    ओसासुना    ३३    ४६
७.    सेभिला    ३२    ४५
८.    एथलेटिक बिल्बाआ    ३३    ४५
९.    एथलेटिको मेडि्रड    ३३    ४५
१०.    इस्पानियोल    ३३    ४५

प्रतिक्रिया