निशा र आर्यन एकै चलचित्रमा

चितवन, ४ वैशाख । सँगै चलचित्र नखेल्ने भन्दै एकअर्काको उछितो काड्दै आएका नायक आर्यन सिग्देल र नायिका निशा अधिकारी फेरि एउटै चलचित्रमा देखिने भएका छन् । यसअघि फस्ट लभ चलचित्रमा सँगै देखिएका उनीहरूले आपसी विवादका कारण अबका चलचित्रमा सँगै काम नगर्ने बताउँदै आएका थिए । अहिले उनीहरू चलचित्र धुवाँमा सँगै काम गरिरहेका छन्, गीतको सुटिङका क्रममा चितवनका विभिन्न स्थानमा सँगै नाचिरहेका छन् । केही दिनअघि धुवाँ चलचित्रमा निशालाई नायिका राखे आफूले सो चलचित्र नखेल्ने प्रतिक्रिया आर्यनले सञ्चारमाध्यममा व्यक्त गरेका थिए । नयाँ वर्षको अवसर पारेर सौराहामा छायांकन भइरहेको चलचित्रको सेटबाट एक छिन फुर्सद निकालेर उनीहरूले एकस्वरमा भने- ‘हामीबीच कुनै नराम्रो छैन, विवादको कुरा धुवाँजस्तो मात्रै थियो ।’ समाजमा सकारात्मक सन्देश फैलाउनका लागि आफू सो चलचित्रमा अनुबन्धित भएको प्रतिक्रिया निशाले दिइन् । समाजमा विद्यमान लागुऔषध दुव्र्यसनीको कारण खोज्ने चलचित्रका रूपमा धुवाँ निर्माण गरिएको निर्देशक लक्ष्मण रिजालले बताए । चलचित्रमा नवनायकका रूपमा चितवनका दीपेश कडरियाको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया