पुनर्जन्म पुनर्लोकार्पित

काठमाडौं : डा. कीर्तिनस्वरूप रावतद्वारा लिखित पुनर्जन्म ः एक वैज्ञानिक अध्ययन पुस्तक सोमबार राजधानीमा पुनर्लोकार्पण गरिएको छ । २०६२ सालमा प्रकाशित भइसकेको पुस्तकको यो दोस्रो संस्करण हो । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत जयन्तप्रकाश गुप्ताले पुस्तक विमोचन गरे । ध्रुवचन्द्र गौतमले नेपालीमा अनुवाद गरेको यो पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।
विमोचन कार्यक्रममा पुस्तकबारे धारणा राख्दै गौतमले यो पुस्तक परामनोविज्ञानअन्तर्गत अलौकिक घटनाबारेको विषयवस्तुमा रहेको र यसबाट सामाजिक अध्येता एवं सम्बद्ध विषयका विद्यार्थीहरूले लाभ लिन सक्ने बताए । अमेरिका, युरोप र भारतका विश्वविद्यालयमा यो विषय पढाइ हुने गरेको जानकारी गराइयो । कार्यक्रममा लेखक सुन्दरमणि दीक्षितलगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया