प्रहरीद्धारा धनुषमा हवाई फायर

धनुषा, ४ वैशाख । धनुषा जिल्लाको डेबडियामा प्रहरीले उत्तेजित भिड नियन्त्रण गर्न आज हवाई फायर गरेको छ ।

डेबडिया–३ मा स्थानीय बासिन्दाहरुले आर्केष्ट्रा नाच गरेकोमा प्रहरीले अश्लिल हुने भएको भन्दै नाच नचलाउन गरेको आग्रह नमानेर भिड उत्तेजित भएपछि हवाई फायर गरेको प्रहरी समाचार कक्षले जनाएको छ ।

उत्तेजित भिडले प्रहरी टोलीमाथि आज दिउसो करिव २ बजे ढुंगामुढा प्रहार गरेपछि प्रहरीले ३ राउण्ड हवाइ फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया