‘दलित मैत्री संविधानका लागि खबरदारी’

काठमाडौं, ४ चैत । संयुक्त राजनीतिक दलित संघर्ष समितिले सरकारसंग भएका ५ बुँदे सहमति कार्यान्वयन र दलितमैत्री संविधान निर्माणका लागि दबाव दिन बिभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

समितिको आज राजधानीमा बसेको बैठक पछि जारी विज्ञप्ती अनुसार वैशाख–१० देखि जेठ–१४ गतेसम्मका लागि बिभिन्न आन्दोलनका तयार गरिएको छ । सरकारले दलितका माग सम्बोधन गर्ने तथा दलित मैत्री संविधानमा ध्यान नदिएपछि संघर्षमा उत्रिएको समितिको विज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रम अनुसार वैशाख १० गतेभित्र सरकार र समिति तथा दलित सभासद् मञ्चबीच भएको ५ बुदे सहमति लागू गर्न सरोकारवालासंग माग गरिएको छ ।

वैशाख १० गतेदेखि १५ गतेसम्म दलित सभासद्हरुस‘ग अन्तरक्रिया तथा छलफल गर्ने, १६ गतेदेखि २३ गतेसम्म जनजाति, मधेशाी र महिला सभासद् ककसहरु  र नागरिक समाज र पत्रकारहरुस‘ग आफ्ना एजेण्डाका विषयमा अलग अलग अन्तरसंवाद गर्ने कार्यक्रम छन् ।

२४ गते देशका ४ स्थानहरुमा दलितमैत्री संविधान निर्माणका लागि खबरदारी सभा गर्ने निर्णय पनि समितिले गरेको छ । विज्ञप्तीका अनुसार इटहरी, पोखरा, सुर्खेत र भीमदत्तनगरमा सभा हुने छन् । जेठ–१ गते भने काठमाडौंमा संयुक्त रुपमा बृहत खबरदारी सभाको आयोजना गरिने छ ।

जेठ–१ देखि १४ गतेसम्म कार्यक्रमहरुलाई काठमाडौं केन्द्रीत गरी निरन्तर रुपमा दवावमुलक संघर्ष गर्ने समितिले उल्लेख गरेको छ ।
समितिमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जातीय समता समाज, उत्पीडित जातीय उत्थान संघ (एकीकृत), नेपाल राष्ट्रिय दलित केन्द्र, नेपाल सद्भावना दलित मञ्च र विभेदमुक्ति प्रगतिशिल समाज नेपाल रहेका छन् ।

प्रतिक्रिया