महिलाको आवाज अभिनय मात्रै

यौनक्रियाका बेला महिलाले आनन्द जनाउने विभिन्न खाले कामुक आवाज निकाल्ने गर्छन्, जसलाई स्वाभाविक मानिन्छ । स्वास्थ्यविज्ञानले पुष्टि नै गरिसकेको छ कि पुरुषको तुलनामा यौनसम्बन्धको चरम सुख प्राप्त गर्नेमा महिला नै हुन्छन् । तर, अन्तरंग क्षणका बेला महिलाले निकाल्ने त्यस्तो आवाज आनन्दको परिणति नभएर अभिनय मात्र रहेको एक अध्ययनले देखाएको छ । ‘सेक्सुअल बिहेवियर अर्काइभ’ मा प्रकाशित सामग्रीमा यो तथ्य प्रकाशित गरिएको छ । अध्ययन बेलायतका अनुसन्धानकर्ताले गरेका हुन् ।
१८ देखि ४८ वर्षसम्मका केही महिलामा यो अनुसन्धान गरिएको थियो, जसबाट पत्ता लाग्यो कि यौनक्रियाका बेला महिलाले त्यस्ता आवाज निकाल्नु अभिनय मात्र हो । यस्तो स्वराभिनय गर्दा आफ्नो पुरुष साथीलाई यौनक्रियामा तीव्रता ल्याउन उत्तेजित गर्ने विश्वास उनीहरूले देखाए । अध्ययनमा महिलाहरूलाई त्यस्तो आवाज चरम सुखसँग सम्बन्धित छ कि छैन भनेर सोधिएको थियो । उत्तरमा महिलाहरूले यस्तो आवाजले पुरुष साथीलाई यौनक्रियामा तीव्रता ल्याउन र छिटो स्खलनका लागि प्रभाव पार्ने बताएका थिए । अनुसन्धानमा सहभागी ७५ प्रतिशत महिलाले यौनसाथीको आत्मबल बढाउन त्यस्तो स्वर निकाल्ने बताए । २५ प्रतिशत महिलाले भने देखावटीका लागि मात्र त्यस्तो स्वर निकाल्ने खुलासा गरे । अध्ययनमा पीडाले चिच्याएजस्तो गर्ने, तीव्र स्वर निकाल्नेजस्ता व्यवहारलाई छुट्टाछुट्टै श्रेणीमा राखेर प्रश्न गरिएको थियो ।

प्रतिक्रिया