लब इन लाइफ बन्ने

काठमाडौं : पे्रमकथालाई आधार बनाएर चलचित्र लब इन लाइफ निर्माण हुने भएको छ । आइतबार कमलादीस्थित गणेशस्थानमा पूजा गरेर शुभमुहूर्तसहित सो चलचित्रको छायांकन सुरु गरिएको  हो ।
आयुष रिजाल, नागेन्द्र रिजाल, मोनिका दाहाल, मोहन श्रेष्ठ, उमेश खड्का, केदार घिमिरे, शुभेच्छा थापा, शूरवीर पण्डित, चन्दा बिँडारीलगायत कलाकारको अभिनय रहने चलचित्र आरपी शर्माको निर्देशन तथा श्रीकान्त शर्माको निर्माणमा बन्न लागेको हो ।
गौतमा क्रिएसन प्रालिको ब्यानरमा प्रस्तुत हुने चलचित्रमा पटकथा, संवाद र गीत शंकर अधिकारी घायलको रहनेछ भने वसन्त सापकोटाले संगीत दिएका छन् । त्यसैगरी, शिव शर्माको नृत्य, रामजनकको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन छ । शुभमुहूर्तलगत्तै चोभारमा द्वन्द्वदृश्यको छायांकन सुरु गरिएको छ ।
मायाप्रेमले युवामा पार्ने प्रभावलाई चलचित्रमार्फत गहिरिएर प्रस्तुत गर्न लागिएको निर्देशक शर्माले जानकारी गराए ।

प्रतिक्रिया