कार्कीको पुस्तक विमोचित

काठमाडौं : लेखक एवं राजनीतिज्ञ सुरेश कार्कीद्वारा लिखित नेपाल-चीन सम्बन्ध ऐतिहासिक विवेचना नामक पुस्तक आइतबार राजधानीमा लोकार्पण गरिएको छ । नेपाल चाइना पिपुल्स फोरम काठमाडौंद्वारा आयोजित कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्बाङले उक्त पुस्तक विमोचन गरे । सभामुख नेम्बाङले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको र त्यो सम्बन्धलाई पुस्तकाकार दिएर लेखकले प्रशंसनीय काम गरेको धारणा प्रस्तुत गरे । भने, ‘चीनको भ्रमण गर्ने त धेरै होलान् तर पुस्तकमार्फत अरूलाई पनि भ्रमण गराउने विद्वान्चाहिँ निकै थोरै छन् ।’
त्यस्तै, चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले पुस्तकमा नेपाल र चीनबीच सुरुवातदेखिकै सम्बन्धका पाटा समेटिएको चर्चा गरे । नेपाल सरकारका सचिव लीलामणि पौडेल र एमाले नेता युवराज ज्ञवालीले पनि पुस्तकबारे समीक्षात्मक टिप्प्णी गरे । कार्यक्रममा चिनियाँ प्रतिनिधि वाङ लिक्सिन, पूर्वसभामुख तारानाथ रानाभाटलगायतको उपस्थिति थियो । लेखक कार्कीले यसअघि पनि चीनसम्बद्ध दुई पुस्तक प्रकाशन गरिसकेका छन् ।

प्रतिक्रिया