निर्देशकहरू महोत्सवमा नजाने

काठमाडौं : नेपाल चलचित्र विकास बोर्डले आगामी ८, ९, र १० वैशाखमा सुर्खेतमा आयोजना गर्न लागेको राष्ट्रिय चलचित्र महोत्सव २०६९ नेपाल चलचित्र निर्देशक समाजले बहिष्कार गर्ने भएको छ ।
समाजद्वारा आइतबार जारी विज्ञप्तिमा महोत्सवमा समाजका तर्फबाट उपस्थिति नहुने उल्लेख गरिएको छ । महोत्सव मूल आयोजक समितिको सदस्य मनोनयन गर्नुअघि संस्थाका आधिकारिक प्रतिनिधिहरूसँग कुनै छलफल नगरी एक्कासि पत्र पठाइएको, सुर्खेतमै महोत्सव गर्नुपर्ने कारण र त्यसका उद्देश्य अनि प्रक्रियाबारे समाजलाई व्यावहारिक जानकारी नगराइएको, सबै कुरा स्पष्ट नभई एक्कासि मनोनयनपत्र थमाइएको भन्दै समाजका अध्यक्ष केपी पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा असन्तुष्टि व्यक्त गरिएको छ ।
समाजको ३० चैतमा बसेको बैठकले महोत्सव बहिष्कारको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । –

प्रतिक्रिया