कोलकाताको दोस्रो जित

कोलकाता : सकिब अल हसनले घातक बलिङ गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन पि्रमियर लिगको शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ । कोलकातालाई यस सत्रको आइपिएलमा दोस्रो जित दिलाउने क्रममा हसनले चार ओभरमा १७ रन खर्चिंदै तीन विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पाँच विकेटको क्षतिमा १ सय ३१ रनको योगफल खडा गर्‍यो । जवाफमा १ सय ३२ बलको साँघुरो लक्ष्य पाएको कोलकाताले चार बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १ सय ३७ रन जोडयो ।
ठोस सुरुआत गरेको राजस्थानले ६ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई ४५ रन जोडेको थियो । सातां ओभरको पहिलो बलमा हसनले १९ रन जोडेका आयान्क राहानेलाई आउट गरेपछि कोलकाता खेलमा फर्किएको थियो । राजस्थानले सुरुआती तीन विकेट पाँच रनको अन्तरमा गुमाएको थियो । आठां ओभरमा अशोक केनरिया एक रन जोड्दै आउट भए भने नवांै ओभरमा राहुल द्रविड २८ रनमा आउट भए । त्यसपछि श्रीवत्स गोस्वामी र ओयसिस साहले चौथो विकेटका लागि ५९ रनको साभेदारी गरे । गोस्वामीले हसनको बलमा स्टम्पिङ हुनुअघि २२ बलमा २४ रन जोडे । यसक्रममा उनले एक चौका र एक छक्का प्रहार गरे । साह ३३ बलमा ३१ रन जोडेपछि सुनील नारायनको बलमा आउट भए ।
कोलकाताका ज्याक कालिसले ३८ बलमा ३१ रन प्रहार गरे । मनिन्दर बिस्लाले २९ बलमा २९ र मनोज तिवारीले १८ बलमा २४ रन प्रहार गरे । म्यान अफ द म्याच घोषित हसनले १० बलमा १६ रन प्रहार गरे । युसुफ पठान सात बलमा सात रन तथा र्‍यान डोस्कट तीन बलमा सात रन जोड्दै नटआउट रहे । डोस्कटले अंकित चौहानको बलमा छक्का प्रहार गर्दै खेलको अन्त्य गरे । अशोक मेनरियाले एक ओभर मात्रै बलिङ गर्दै बिस्लाको विकेट लिए पनि उनले दोहर्‍याएर बलिङ गरेनन् ।

प्रतिक्रिया