ब्युटिसियन प्रशिक्षित

काठमाडौँ : नेपालका चार सयभन्दा बढी ब्युटिसियनले शनिबार राजधानीमा सौन्दर्यसम्बन्धी विशेष तालिम लिए । एन्जल ब्युटी होम्द्वारा आयोजित अरोमाम्याजिक ब्युटिसियन कार्यशालामा उनीहरूले यस्तो तालिम पाएका हुन् । कार्यशालामा भारतका चर्चित ब्युटिसियन डा. ब्लोसम कोचर र समन्था कोचरले  काठमाडौं र विभिन्न जिल्लाका ब्युटिसियनलाई एकै ठाउँमा तालिम उपलब्ध गराएका   थिए । आधुनिक फेसियल हेयर कटिङ र हेयर डिजाइनबारे तालिम उपलब्ध गराइएको कार्यशाला सहभागी सम्पूर्ण ब्युटिसियनका लागि नयाँ तर उपलब्धिमूलक ठहरिएको आयोजक संस्थाका अध्यक्ष सीता विष्टले बताइन् ।
प्रशिक्षक ब्लोसमले नेपालमा आएर नयाँ ब्युटिसियनहरूलाई सौन्दर्य-सीप सिकाउन पाएकामा प्रसन्नता व्यक्त गरिन् । प्राप्त ज्ञानलाई सही किसिमले प्रयोग गर्न सके नेपाली ब्युटिसियनका लागि उपलब्धिमूलक हुने उनले बताइन् । हेयर मेकअप, फेसियल, स्किन केयरसम्बन्धी ट्र्रेनिङ दिइएको कार्यशालामा चलचित्रकर्मीको पनि उपस्थिति थियो ।  कार्यशालाको अन्त्यमा सहभागीबीच नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया