सुदीपको सक्षम

काठमाडौं  : गायक सुदीप शाही ठकुरी तेस्रो एल्बम सक्षम लिएर श्रोतामाझ आएका छन् । यसअघि लोभै लागेछ र सर्माउँदा गरी दुई एल्बम ल्याएका उनले करिब तीन वर्षको अन्तरालमा सक्षम ल्याएका हुन् । पप तथा आधुनिक शैलीका ६ गीत संगृहीत एल्बममा रूप फेर्‍यौ, तिमी आँखा म नानी, चोट लुकाई मुटुमा, आफ्नो आफ्नै, नेपाली हामी नेपाली र मेरो खुसी शीर्षकका गीत छन् । राजु सिंह, गुरुदेव कामत, सुरेश अधिकारी र प्रतीक थापाले संगीत भरेका गीत शुभ मुकारुङ, वसन्त बित्यासी थापा, नृत्येन्द्र शर्मा, सुरेशकुमार र प्रतीक थापाले लेखेका हुन् ।

प्रतिक्रिया