दलित युवती बिहेपछि घरनिकाला

दाङ, २ वैशाख । ‘घर पसेकै दिन ठूलीआमा नन्दकली र दाइ ज्ञानेन्द्रले खाना खान छाडे,’ दलित युवती विवाह गरेका गंगापरस्पुरका नरबहादुर बुढाले भने, ‘तीन वर्षपछि गाउँसमाजले घर पस्न दिए पनि आफ्नै परिवारले फेरि निकाले ।’
गंगापरस्पुर, ठूलीचौरकी सुजना विकसँग प्रेमविवाह गरेपछि नरबहादुर घरबाट निकालिएका हुन् । उनलाई कथित तल्लो जातिकी युवतीसँग विवाह गरेको आरोपमा परिवारले बहिष्कार गरेको हो ।
तीन वर्षसम्म भारत र काठमाडौं बस्दै आएको दम्पती समाजले घर फर्काए पनि परिवारका सदस्यले नस्विकारेपछि न्यायको खोजीमा सदरमुकाम घोराही आइपुगेको छ  । पत्नी विकले भनिन्, ‘मार्ने भनेकाले भागेर हिँडेका छौँ, ज्यानको सुरक्षा पनि छैन ।’ केटाका परिवारले मार्ने धम्की दिएपछि विस्थापित भएर बस्नुपरेको उनले सुनाइन् ।
दलित पत्रकार संघ दाङका अध्यक्ष जनक नेपालीले अन्तरजातीय विवाहका कारण घरबाट निकालिएका दम्पतीका लागि अदालत पुग्ने बताए । उनले  परिवारले सहजै नस्विकारे अदालत जाने तयारी गरिएको बताए । घरबाट फेरि निकालिएपछि बुढा दम्पती केटीको आफन्तका घर लक्ष्मीपुरमा बसिरहेको छ ।

प्रतिक्रिया