संविधान लोकतान्त्रिक बन्छः कोइराला

काठमाडौं, २ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान निर्माणका लागि कसैसंग गलत सम्झौता नगर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित चियापान समारोहमा कोइरालाले अब बन्ने संविधान लोकतान्त्रिकनै बन्ने बताए । उनले संविधान निर्माणका क्रममा कसैको दबाब कांग्रेसले स्वीकार गर्ने बताएका छन् ।

उनले लोकतन्त्र र प्रजातन्त्रका लागि विगतदेखि संघर्ष गर्दै आएको स्मरण गर्दै कांग्रेस दबावमा आएर लोकतन्त्रको विपक्षमा काम नगर्ने स्पष्ट पारे ।

कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले पछि नर्फने गरेर शान्ति प्रक्रिया अन्तर्गतको महत्वपूर्ण पाटो सेना समायोजनलाई टुङगो लाग्ने चरणमा रहेको बताए । उनले सेना समायोजनका केही बिवादित बिषय आजै मिलाउने बताएका छन् ।

कांग्रेसको अडानले दिगो शान्ति प्रकृया अन्तिम चरणमा आएको दाबी गर्दै पौडेलले पहिले शान्ति प्रकृया पुरा गर्ने र लोकतान्त्रिक संविधान जारी गर्ने बताए । उनले अब संविधान निर्माण तिब्र गतिमा अघि बढ्ने पनि बताएका छन् ।

नयाँ संविधानमा न्यायपालिकालाई स्वतन्त्र राखिने बताउँदै उपसभापति पौडेलले लोकतान्त्रिक संविधान निर्माण हुनेमा विश्वास्त रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया