माक्र्सवादीको मृत्युचिन्तन


कम्युनिस्ट आन्दोलनमा सरिक भई भूमिगत जीवनको कठोरता अनुभव गरेको मानिसको जीवनसम्बन्धी बुझाइ चार्वाकको ‘यावत् जीवेम् सुखम् जीवेत्’ भन्दा भिन्न अक्सर हुँदैन । तर, पुष्पलाल श्रेष्ठबाट प्रभावित भई कम्युनिस्ट आन्दोलनमा होमिएका अरबिन्द रिमालको जीवनसम्बन्धी बुझाइ मात्र होइन, मृत्युचिन्तन पनि चार्वाकको भन्दा नितान्त भिन्न छ । भन्छन्, ‘जीवन र मृत्यु एकै सिक्काका दुई पाटा रहेछन् । यी दुईबीच ‘डिमार्केसन लाइन’ -विभाजन रेखा) खुट्याउन गाह्रो परिरहेछ ।’
८० वर्ष पुग्न लागेका रिमालको उत्साह, भावभंगी र अठोटलाई माथ गर्नसक्ने नौजवान सायदै होलान् ! उमेरले उनलाई अनौठो किसिमले झनै तन्नेरी बनाउँदै लगेको छ । सँगसँगै उनको मृत्युचिन्तनलाई पनि ‘परिष्कार’ गरिरहेको छ । लक्काजवानमा भूमिगत हुँदाका स्मृति चस्मा नलगाएका उनका आँखामा सलबलाइरहेका छन् । त्यतिबेला उनले मृत्यु देखेका/सुनेका थिए तर अनुभूत गर्न पाएका थिएनन् । ‘दोस्तोेयेभ्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’, ‘ब्रदर कारामाजोभ’ जस्ता रचनाभित्र गुन्जिएको मृत्युको झंकारले त्यतिबेला झक्झक्याउँथ्यो, महान् मानिसको मृत्यु र हत्याका समाचारले दुःखी तुल्याउँथ्यो । ‘तर, म उद्वेलित हुन्नथेँ,’ उनी स्मृतिको पन्तुरो फुकाउन थाले । ‘उच्चतम जीवन’ बाँचेका कंगोमुक्ति संग्रामका सर्वोच्च नेता पेटि्रस लुमुम्बा, कप्युनिस्ट नेता चे ग्वेभारा आदिको हत्या र भूपी शेरचन, पुष्पलाललगायतको निधनले उनलाई स्तब्ध बनायो । तर, उनले मृत्युको शाश्वतताबारे घोत्लिन नपाउँदै ‘उच्चतम् जीवन’ बाँच्नेहरूको मृत्यु स्मृति थन्किन पुग्यो । मृत्युनजिकैबाट गुजि्रयो । तर, उनले पत्तो पाउन सकेनन् ।
‘तीनजनाको निधनले मलाई झक्झक्यायोे, त्यतिबेला मृत्युलाई चिनेको भान भयो,’ क्षणभरमै उनी बुद्धत्व प्राप्त गरेका तपस्वी प्रतीत भए । संवादको आरम्भमा मृत्युको प्रसंग कोट्याउँदा क्षणभरका लागि टोलाउन पुगेका उनी अब मृत्युको शाश्वतपना महसुस गराउने घटना सुकरात शैलीमा धाराप्रवाह ओकल्न थाले । ‘माताजी, पिताजी र गुरुदेवको मृत्युले मलाई आहत बनायो । यी घटनाबाटै हो, मैले अलगाववादी जीवनदर्शन सिकेको । जीवनप्रतिको मोह र मृत्युको डर अब शेष रहेन, अजम्बरी हुने इच्छा एकरत्ति छैन । आसन्न मुत्युले मलाई विचलित बनााएको छैन,’ अध्यात्मजडित शब्दवाणी भन्दै गए, माक्र्सका चेला ।
२०४० सालसम्म उनी मृत्युप्रति ‘सिरियस’ थिएनन् । पाठेघरको शल्यक्रियापछि थलिएकी माता ख्यातिप्राप्त चिकित्सकको उपचारबाट तंगि्रन नसकेपछि उनलाई माताको मृत्युको पूर्वाभास भयो । ‘लाग्थ्यो, मृत्यु माताजीको कोठामा सलबलाइरहेको छ । उसले जुनसुकै बेला झम्टा मार्न सक्छ । तर, झम्टा मार्नुअगावै माताजीले मृत्युलाई स्वीकार गर्नुभयो,’ उनी भन्दै गए । त्यतिबेलै हो, उनले ‘मौन संवाद’ जत्तिको सशक्त वार्तालाप अरू हुँदैन भन्ने महसुस गरेको । ‘बिहानीपख माताजी र पिताजीको आँखा जुधेको देखेँ,’ आमाले धर्ती छोडेको दिन सम्भिmँदै उनले भने, ‘माताजीले बिदा माग्नुभयो, पिताजीले अनुमति दिनुभयो । सबै काम इसाराबाटै भए ।’
२०४५ सालमा पिताको निधन हुँदा मृत्युको गहिरो बोध भयो, अरबिन्दलाई । पिताजी शारीरिक अशक्तताले थला परेका थिए । एकजना साधु पिताजीसँग भेट गर्न नियमित आउँथे । ‘उहाँहरूबीच केहिलेकाहीँ मात्रै कुराकानी हुन्थ्यो, बाँकी समय दुवै मौन रहन्थे,’ अरबिन्दको मानसपटलमा गढिएको अतीतका घटनाको पत्र बिस्तारै उप्किन थाल्यो ।
पिताजीको हालखबर बुझ्न जाँदाको एउटा दिनको घटना उनले अझै बिर्सिन सकेका छैनन् । ‘त्यो दिन पिताजीले साधुसँग सोध्नुभयो- ‘मेरो शरीरको चालामाला राम्रो छैन, है बाबा ।’ चाउरीका असंख्य मुजाले छपक्कै छोपेको अनुहार केही उठाउँदै साधुले जवाफ दिनुभयो, ‘हो, १५ दिन पनि टिक्दैन ।’ नभन्दै १५ दिन नपुग्दै पिताजीको निधन भयो ।’
अहिले सम्भिmँदा अरबिन्दलाई लाग्छ- साधुको भनाइ पिताजीको मृत्युको ‘निमित्त कारण’ रहेछ । ‘पिताजीको मृत्युपछि उहाँको अनुपस्थितिको बोधले खिन्न र दुःखी भएँ । तर, मृत्यु जीवनको निर्विकल्प यथार्थ रै’छ भन्ने बोध मलाई त्यतिबेलै भयो । अहिले यो बोध झन् सघन भएको छ,’ उनी सुनाउँदै गए ।
गुरुको निधनबाट हो, उनले मृत्युको यथार्थलाई महसुस गरेको । माक्र्सवादले समाजको अन्तर्द्वन्द्व बुझाए पनि मनको अन्तर्द्वन्द्व बुझाउन सकेन । त्यसैले ‘मनको तिर्खा’ मेट्ने कुवाको खोजीमा उनी निस्किए । गुल्मीका स्वामी सत्यदेवले उनको मनको छटपटीलाई शान्त गरिदिए र जीवनसम्बन्धी उनको बुझाइ तिखारे । गुरुको निधनपछि अरबिन्द आत्माको अमरताप्रति विश्वस्त भए । ‘गुरुजीले कैयौँपटक ‘मृत्युपछि पनि म तिमीसँगै रहन्छु’ भन्नुभएको थियो । त्यतिबेला उहाँको शब्द मात्र सुनेको थिएँ, त्यसभित्र अन्तर्निहित सत्यको भेउ पाउन सकेको थिइनँ,’ उनी गम्भीर भए । तर, गुरुको उपदेशसँग अहिले उनको आत्मसाक्षत्कार भएको छ । ‘जब म द्विविधामा पर्छु, गुरुजीले कानैमा आएर साउती गरेभै“m लाग्छ । यस्तो लाग्छ, उहाँ यही कोठामा हुनुहुन्छ, मसँगै,’ प्रशान्त महासागरजस्तो शान्त र धीर मुद्रामा उनले भने ।
एकान्तमा मृत्युचिन्तन गर्नुलाई उनले आफ्नै दैनिकी बनाएका छन् । कुराको बीचबीचमा उनी छेउको टेबुलमा लडिरहेको स्वामी रंगनाथानन्दले अंग्रेजी भाषामा लेखेको भागवत गीतापट्ट िपुलुक्क हेर्छन् ।
जीवनले बेस्सरी चिच्यायो भने तिमी मृत्युलाई सुन्न सक्छौँ । मृत्यु र नदी एक हुन्, जसरी नदी र सागर एक हो- खलिल जिब्रानको मृत्युसम्बन्धी धारणासँग ठ्याक्कै मिल्छ, अरबिन्दको मृत्युदृष्टि । भन्छन्, ‘तर, भागवत गीता, गोस्पले अफ रामाकृष्ण र इर्भिन स्टोनको एगोनी एन्ड इस्ट्यासी उपन्यासले हो, जीवन र मत्युसम्बन्धी मेरो बुझाइलाई सघन बनाएको । वेदान्तको स्वध्यायन तथा चिन्तनमननले मृत्युप्रतिको अभयतालाई सशक्त बनायो ।’
लोकको बुझाइमा अरबिन्द जीवनको उत्तरार्धमा पुगिसकेका छन् । सातमहिने नातिनीको शव आफ्नै हातले उठाएर दाहासंस्कार गराएको हृदयविदारक अनुभव उनले सँगालिसकेका छन् । कर्मठ जीवन व्यतीत गर्दै छन्, उनी । अध्ययन, लेखन र आत्मचिन्तनमा उत्तिकै तल्लीन छन् । ‘तर पनि, जीवनप्रति मोह छैन । सबै कुराप्रति अलगावको अवस्थामा पुगेको छु, निराश भने छैन,’ उनी भन्छन् ।
‘मृत्युले एक दिन तिम्रो ढोका ढक्ढक्यायो भने के गछौँ ?’ आपै“mले तेस्र्याएको प्रश्नको जवाफमा रवीन्द्रनाथ टेगोर यसो भन्छन्- ‘म मेरो पाहुनासामु जीवनले भरिएको घडा लिएर खडा हुनेछु र उसलाई खाली हात फर्किन दिनेछैन ।’ रवीन्द्रनाथजस्तै अरबिन्द पनि मृत्युलाई जीवनको घडा सुम्पने दिनको प्रतीक्षामा छन् । ‘श्रीमतीको अनुपस्थितिमा मृत्युवरण गर्न पाए सहज हुने थियो जस्तो लाग्छ । तर, मभन्दा अघि श्रीमतीले देह त्यागोस् भन्ने चिताएको भने होइन,’ एकादेशका कम्युनिस्ट चिन्तकले भने ।
मृत्युको त्रासभन्दा अरू छैन केही ठूलो,
यसलाई जित्नै पर्छ शक्ति सँगै छ अर्को ।
सौदविक्रम बस्नेतले लेखेको मृत्युसम्बन्धी कवितावाचन गर्दै उनले संवादको बिट मारे । त्यतिबेला उनको निधारमा आत्मसन्तुष्टिको रेखा प्रस्टै देख्न सकिन्थ्यो ।

प्रतिक्रिया